खेल पत्रकारलाई फेनसिङ प्रशिक्षण

खेलकुद समाचार
खवर पाटी (खोज खबरको अभियान)

रमेश सुनार
काठमाडौं । फेनसिङ खेलको बारेमा खेलकुद पत्रकारहरुलाई जानकारी दिने उश्द्देश्यले नेपाल फेनसिङ संघले ‘नो योर गेम फेनसिङ’ नाम दिएर एक दिवसीय कार्यक्रमको आयोजना ग¥यो । खेलकुद पत्रकार मञ्चको सहकार्यमा संचालन गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत खेलकुद पत्रकारहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा फेनसिङका प्रमुख प्रशिक्षक अभिसेक कार्कीले फेनसिङ खेलको नियमका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले पत्रकारहरुलाई फेनसिङ खेलको नियम र खेलको बारेमा बुझ्न सजिलो होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनएसजेएफका संयोजक निरन्जन अधिकारी, संघका महासचिव सुजनलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षणमा सहभागी पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *