महालक्ष्मीनगरपालिको उपमेयरमा खनियाँको सम्भावना

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सत्ता गठबन्धन दलहरूले महानगरपालिका र उप-महानगर पालिका को भागबन्डा टुङ्गो लगाए संगै नगर पालिका र गाउँ पालिका मा सबैको चासो रहेको देखिन्छ। नगरपालिका को हकमा प्रदेश कमिटी स्तरीय गठबन्धन संयन्त्र ले टुंगो लगाउने निर्णय भएको छ। तर पनि प्रमुख र उप प्रमुख को भागबन्डा तालमेल कसरी हुन्छ भनेर अहिले सत्ता गठबन्धन दलहरूको आकांक्षी नेता तथा कार्यकर्ताहरु व्यग्र प्रतीक्षामा छन्।

ललितपुर जिल्लामा १ वटा महानगरपालिका, २ वटा नगरपालिका तथा ३ वटा गाउँपालिका रहेको छ। यहाँ ललितपुर महानगर पालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा नेपाली कांग्रेस ले जीत हासिल गरेको थियो भने महालक्ष्मी नगरपालिका र महाँङ्काल गाउँपालिका मा नेकपा एमाले तथा कोन्ज्योसोम गाउँपालिका मा नेकपा माओवादी केन्द्र बिजयी भएका थिय।

गत स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिकामा मेयर र उप मेयर दुबैमा नेकपा एमाले बिजयी हुँदै गर्दा निकै थोरै मतान्तरले नेपाली कांग्रेस पराजित भएको थियो। यसपटक यहाँ सत्ता गठबन्धनका दलहरूले मेयर उपमेयर लगायत वडा अध्यक्ष हरुमा समेत तालमेल गरेर एमाले लाई पत्तासाफ गराउने रणनीति लिएको छ।

गठबन्धन भित्र कुन पार्टीले कुन पदमा उम्मेदवारी दिने भनेर टुङ्गो नलागेपनि नेपाली कांग्रेस को भागमा उप मेयर परेको खण्डमा कांग्रेसले उप मेयर मा नेतृ ललिता खनियाँलाई अगाडि बढाउने सम्भावना देखिएको छ। महालक्ष्मी नगर पालिका वडा नं ५ टिकाथली निवासी खनियाँ लाई नेपाली कांग्रेस नगर कार्यसमिति, क्षेत्रिय कार्यसमिति तथा जिल्ला कार्यसमितिले पनि उप मेयर मा सिफारिस गरी पठाएको छ।

बिगत देखि नै नेपाली कांग्रेस बाट राजनीति सुरु गरेकी खनियाँ नेपाल महिला संघको गाउँ इकाई सभापति, क्षेत्रिय महिला संघ को सचिब हुँदै पार्टीको १३ औं महाधिवेशन बाट निर्वाचित जिल्ला सदस्य तथा १४ औं महाधिवेशन बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वचित हुनुभयो। साथै खनियाँ पार्टीले आयोजना गरेको कार्यक्रममा होस् या अन्य सामाजिक कार्यमा होस् सधै नेतृत्वदायी भुमिकामा अग्रस्थानमा रहेर काम गर्दै आउनुभएको छ।
सकारात्मक सोच भएकी खनियाँ संगठनमा प्राप्त जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेको तथा सामाजिक काममा पनि सक्रिय रूपमा लागिपरेको र जनतामाझ परिचित भएको कारण पार्टी ले आफुलाई उप मेयर को उम्मेदवार बनाउने कुरामा आशाबादी रहेको कुरा बताउनुभयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *