परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारी दिएको हुँः बिनयजंग बस्नेत

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । जनप्रतिनिधि जनतााको सेवक हुनुपर्छ शासक होइन भन्ने मान्यता अगाडि सार्दै आएका समाजसेवी विनयजंग बस्नेत आफै जनप्रतिनिधि बनेर स्थानीय जनताको सेवा गर्ने मनसाय सहित चुनावी मैदानमा उत्रने भएका छन् । बस्नेतले आफ्नै जन्मे हुर्केको क्षेत्र ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वार्ड नं ७, चाँगाथलीको वडाअध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरिसकेका छन् । वडाअध्यक्षमा उठ्ने घोषणासँगै स्थानीय जनताहरुसँग भेटघाट र परामर्शमा सक्रिय रहेका बस्नेतको उम्मेदवारीले समग्र वडावासी नै उत्साहित देखिएको उनले बताए ।

स्थानीय समस्याहरुमा उल्लेख्य मात्रामा सहयोगको पहल गर्दै आइरहेका उनलाई स्थानीय जनताले उम्मेदवारी नै दिन सल्लाह, सुझाव र अनुरोध गर्न थालेपछि चुनावी मैदानमा होमिएको उनी बताउँछन् । बस्नेतले वडाअध्यक्ष पदका लागि कुनै दल विशेषबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । सर्धै उस्तै राजनीतिक दल, एउटै विचार र उस्तै अनुहार र कार्यशैलीले जनता आजित भइसकेकोले स्वतन्त्र रुपमा जनतामा जाने मनसाय उनले बनाएका हुन् ।
बिनय भन्छन् ‘अब गाउँ, अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर नयाँ शुरुवात गर्न खोजेको हो ।’

विगत केही वर्षदेखि वेवारिसे शवको आफ्नै खर्चमा दाहसंस्कार गर्दै आएका बस्नेतले असहाय, अलपत्र र गरिव दुखीका लागि पनि थुप्रै सहयोगी र उद्दारका कार्यहरु गर्दै आइरहेका छन् । हाल एक्सन फर सोशियल चेन्ज नामक संस्था नै गठन गरेर संस्थागत रुपमै सेवा र उद्दारका कार्यहरु अघि बढाइरहेका छन । सेवा, सहयोग, र क्रियाशीलताका उदाहरणीय व्यक्तिका रुपमा परिचित भएका बस्नेतले वडा अध्यक्षमा विजय भएपछि सवै सेवा सुविधा र भत्ता समेत नलिई वडावासी जनताको सेवा गर्ने घोषणा समेत गरेका छन् ।

निरन्तर समाजको लागि खटिइरहेका बस्नेतले स्थानीय क्षेत्रमा खानेपानी, सडक, सामाजिक सेवाका कार्यहरुमा योगदान दिंदै आएपनि ठोस र निर्णायक परिणाम दिने गरी कार्यगर्न जनप्रतिनिधि नै बन्नुपर्ने आवश्यकता महसुस गरेर उम्मेदवा बन्ने निश्चय गरेका हुन् । स्थानीय क्षेत्रमा देनिक भोग्नु परेको, खानेपनीको समस्या, सडक, ढल, फोहोरमैला, प्रशासनिक झमेला, कनिका छरेजस्तै बजेट छर्ने परिपाटी जस्ता समस्यालाई समाधान गर्ने योजना बनाएका छन् । जनताको स्वतन्त्र उम्मेदवारका रुपमा घरदैलो गरिरहेका बिनय यतिबेला स्थानीय जनतासँग के कस्ता समस्या छन् बुझिरहेका छन् । जनताको चाहना र आवश्यकतालाई राम्ररी बुझेर जनउत्तरदायि जनप्रतिनिधिको रुपमा कार्य गर्ने लक्ष्य लिएका बस्नेत यतिबेला स्थानीय क्षेत्रमा चर्चा पाइरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *