काठमाडौं । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. ले हालै एक बृहत कार्यक्रम गरि सोह्र्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कालिमाटी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष याम्बर बहादुर कार्कीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, आ.व. २०७८÷०७९ को लेखा समितिको प्रतिवेदन आ.व. २०७८÷०७९ को लेखा परिक्षकको प्रतिवेदन, संचालक समितिद्वारा गरिएको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७९÷०८० को लागि लेखा परिक्षक नियुक्ती तथा परिश्रमिक सम्बन्ध, मर्जर तथा कार्यक्षेत्र विस्तार सम्बन्ध, कोष वाँडफाँड तथा लाभांश वितरण सम्बन्ध, विधी पारित तथा संशोधन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी ३ करोड १९ लाख ८१ हजार ४ सय रुपैयाँ, जगेडा कोष ३६ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ ३२ पैसा, वैधानिक तथा अन्य कोषहरु ३७ लाख ८२ हजार ६ सय ४ रुपैयाँ ३१ पैसा, वाह्रय ऋण तथा सापटी २२ करोड ५१ लख ६ हजार २ सय ५० रुपैयाँ ९७ पैसा, बचत तथा निक्षेप दायित्व ४३ करोड ३२ लाख ६२ हजार ६ सय ४४ रुपैयाँ ५३ पैसा, चालु दायित्व तथा व्यवस्था ६९ लाख १५ हजार ३ सय ८५ रुपैयाँ ८५ पैसा, कर्जा नोक्सानी व्यवस्था १ करोड ४५ लाख ४ हजार २ सय ९२ रुपैयाँ ३० पैसा, आयकर दायित्व ५ लाख २२ हजार ७ सय २१ रुपैयाँ, स्थगन कर दायित्व ३४ हजार ७ सय ६० रुपैयाँ १५ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार ७१ करोड ५८ लाख २५ हजार ८ सय ५१ रुपैयाँ १५ पैसाको भएको छ । संस्थाका अध्यक्ष कार्कीको सभापतित्वमा सम्पन्न सो साधारण सभामा विभिन्न महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।