काठमाडौं । हालै सम्पन्न निशानदेवी बचत तथा ऋण सहकारी संस्था लि. को एघारौं वार्षिक साधाराण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा पुनः बुद्घिराज पाण्डेलाई निर्वाचित गरेको छ । नयाँबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्ष दमोदर पाण्डे, सचिव श्रीराम पाण्डे, कोषाध्यक्ष रामहरी सुवेदी निर्वाचित गरेको छ भने सदस्यहरुमा कृष्ण बहादुर कुवंर, निरुपमा महर्जन र हरीप्रसाद कंडेललाई साधारण सभाले निर्वाचित गरेकोे छ । त्यसैगरी लेखा संयोजकमा मोहनप्रसाद पाण्डे निर्वाचित हुनु भएको छ भने शोभा पाण्डे र प्रभुदास न्यौपाने सदस्यमा निर्वाचित हुनु भएको छ ।
साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पाण्डेद्वारा प्रस्तुत वार्षिक प्रतिबेदन, कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिबेदन, लेखा परिक्षकद्वारा प्रेषित आ.व. २०७८÷०७९ को आय व्यय विवरण, लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिबेदन आ.व. २०७९÷०८० को लेखा परिक्षक नियुक्ती तथा पारीश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन, संचालक समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, लाभांश संरक्षक पूँजी बाँडफाँड सम्बन्ध, निर्वाचन सम्बन्ध, लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार संस्थाको चुक्ता शेयरपूँजी ४ करोड ८६ लाख ६५ हजार, जगेडा कोष २७ लाख ८३ हजार २ सय ८८ रुपैयाँ २५ पैसा, अन्य कोष २० लाख २३ हजार ३ सय ४० रुपैयाँ ४३ पैसा, ऋण जोखिम कोष ६३ लाख ६७ हजार ४ सय १० रुपैयाँ ५२ पैसा, तिर्न बाकीँ दायित्व १२ लाख ४८ हजार ९ सय ४३ रुपैयाँ ४९ पैसा, मुल्तबी व्याज १ करोड ३४ लाख ५ हजार ४ सय ७१ रुपैयाँ २५ पैसाको भएको छ भने चालु आ.व.मा संस्थाको जम्मा कारोबार १९ करोड ६२ लाख ९ हजार ६ सय ७० रुपैयाँको भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतित्थ्यमा सम्पन्न सो साधारण सभाको सभापतित्वको भुमिका संस्थाका अध्यक्ष बुद्घिराज पाण्डेले निभाउनु भएको थियो ।