घरदैलोमा मतमाग्दै स्वतन्त्र उम्मेदवार बिनयजंग बस्नेत

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । स्थानीय निर्वाचनको मौन अवधि समाप्त हुँनैलाग्दा उम्मेदवारहरुले प्रचार प्रसार कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । यसैक्रममा महालक्ष्मी नगरपालिका वडा नं ७ को वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवारका रुपमा चर्चा पाएका बिनयजंग बस्नेत चुनावी अभियानमा घरदैलोमा पुगिरहेका छन् । मंगलबार मध्यराति देखि मौन अवधि शुरु हुनेभएकाले प्रचार प्रसारको क्रम रोकिन्छ । त्यसैले चुनावी कार्यक्रमका लागि आज अन्तिम दिन पनि हो । मतदाता समक्ष विनयले ‘न कुनै दल, न कुनै पार्टी, विनयजंग बस्नेत सवैका साथी’ भन्ने नारा सहित अगाडि बढेको देखिन्छन् । बेवारिसे शवका व्यवस्थापक र वेवारिसे नागरिकहरुका अभिभावक समेत भनेर चिनिएका बस्नेतको उम्मेदवारीले महालक्ष्मी नगरपालिकामा ठूलो चर्चा पाएको छ । बस्नेतले निस्वार्थ जनताको सेवा गर्न उम्मेदवारी दिएकाले निर्वाचित भएमा कुनै पनि तलव र सुविधान नलिइकनै जिम्मेवारी वहन गर्ने घोषणा गरिसकेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *