चितवनमा पितृ उद्धार स्वराट् ज्ञान महायज्ञ हुने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

चितवन । चितवन जिल्लाकोृ कोल्हाघाटमा पितृ उद्धार स्वराट् ज्ञान महायज्ञको आयोजना हुने भएको छ । आगामि आश्विन १९ गते देखि शुुरु हुने महायज्ञ दुुईवर्ष सम्म निरन्तर विभिन्न धार्मिक अनुुष्ठान सञ्चालहुने आयोजक सिद्धिगणेश तीर्धस्थल संरक्षण समितिले जानकारी दिएको छ । कार्यक्रम विवरण अनुसार असोज १९ गते ११ बजे पुर्वाङ्ग पुजन तथा पण्डित राजन अधिकारी र पण्डित सुुभनाथ दवाडीबाट भागवत पारायण प्रारम्भ हुनेछ । सोही दिनदेखि बेलुका ६बजेबाट हरिनम सङ्कीर्तन, दैनिक सवालख लक्ष्यवर्ती प्रज्जवलन, देनिक १०८ शिव लिंग पुजन एवं रुद्राभिषेक १०८ गाईको दूध अर्पण लगायतका कार्यक्रम हुनेछ । पितृ उद्दार स्वराट् ज्ञान महायज्ञ पितृ उद्दार एवं राष्ट्र कल्याण र मानव कल्याणका लागि कसंकल्पकर्ता संरक्षक व्यास गुफा दमौलीका तपस्वी सिद्ध पुरुष एवं कीर्तन शिरोमणि शान्ति स्वरुपानन्द दामोदर बाबाले गर्नुभएको हो । उहाँले सवै श्रद्धालु भक्तजनहरुलाई ज्ञान महायज्ञमा सहाभागी हुन आह्ुवान गर्नुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *