नक्कली सवारी चालक अनुमति पत्र बनाउने समूह पक्राउ

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यकामा केही व्यक्तिहरुले लिखत कीर्ते गरी नक्कली स्मार्ट लाइसेन्स बनाउने गरेको गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।  सोही क्रममा  खोजतलास गर्ने क्रममा कार्यालयबाट खटिएको टोलीले पोखरा घर भइ हाल ललितपुरको नखिपोट बस्ने कञ्चन गुरुङसहित तीन जनालाई पक्राउ गरेको हो ।

उनलाई माघ २९ गते रामशाहपथ, नुवाकोट घर भइ टोखा बस्ने अनिल राईलाई सामाखुशी र नुवाकोट नै घर भइ तारकेश्वर बस्ने राजन तामाङलाई बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनीहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उनको भनाइ छ । 

प्रहरी अनुसन्धानका क्रममा कञ्चन गुरुङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमति पत्र र ५ हजार रुपैयाँ अनिल राईलाई दिएको खुलेको छ । यस्तै अनिल राईले पनि आफूले १५ सय रुपैयाँ राखेर उक्त फोटो, कागजात र ३ हजार ५०० रुपैयाँ राजन तामाङलाई दिएको खुलेको छ । यससँगै राजन तामाङले गंगा तामाङको सवारी चालक अनुमति पत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाइदिएको खुलेको राठौरले बताए ।

। साथै उनले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी रहेको उनको भनाइ छ ।  राजन तामाङ यसअघि पनि लिखत सम्बन्धी कसुरमा पक्राउ परेका व्यक्ति हुन्

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *