हाम्रो अभियान बचतमा गौतमको नेतृत्व

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै हाम्रो अभियान बचत तथा ऋण सहकारी संस्था लि. ले बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले निवर्तमान हुनु अध्यक्ष इश्वर कुमार श्रेष्ठद्वारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, कोष वाँडफाँड तथा लाभांश वितरण सम्बन्ध, मर्जर लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध निर्वाचन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व.को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी कोष हिसाब ९५ लाख ३ हजार ६ सय ५९ रुपैयाँ ६ पैसा, निक्षेप तथा दायित्व १६ करोड २२ लाख ७१ हजार ७ सय ९ रुपैयाँ ४ पैसा, व्याज मुल्तवी कोष २ करोड १० लाख २६ हजार ३ सय रुपैयाँ ८४ पैसा, बाहय ऋण २ करोड रुपैयाँ, कर्जा नोक्सानी कोष ५८ लाख ६५ हजार ३ सय ३६ रुपैयाँ ८१ पैसाको भएको छ भने संस्थाको कुल करोबार २४ करोड ५० लाख ४३ हजार ६ सय २६ रुपैयाँ ८० पैसाको भएको छ । साथै बाह्रौं वार्षिक साधारण सभाले संस्थाको अध्यक्षमा किरण गौतमलाई चयन गरेको छ भने उपाध्यक्ष सञ्जय कुमार थिङ्ग, सचिव मजेन्द्र प्रताप महत, कोषाध्यक्षमा सुशिल कोन्दोइलाई चयन गरेको छ भने सदस्यहरुमा विक्की प्रधान चयन हुनु भएको छ । त्यसैगरि साधारण सभाले लेखा संयोजकमा शिवराम महत तथा सदस्यमा राजेन्द्र प्रताप महतलाई चयन गरेको छ भने बाकी रहेका संचालक तथा लेखा समिति सदस्यहरु भने केही दिन पश्चात चयन गरिने संस्थाले जनाएको छ । हाल सो सहकारीमा १२ सय भन्दा बढी सदस्यहरु रहेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *