वेवारिसे शवका व्यवस्थापक बिनयजंग बस्नेतलाई सात देशको निमन्त्रणा, एक महिने विदेश यात्रामा जाँदै

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । वेवारिसे वशका व्यवस्थापकका रुपमा परिचित समाजसेवी विनजंग बस्नेत आगामि श्रावण महिनादेखि विदेश भ्रमणमा जाने तयारी गरिरहेका छन् । वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र तथा एक्सन फर सोसियल चेन्जका अध्यक्ष रहेका बस्नेत संस्थाकै तर्फबाट विदेश भ्रमण गर्ने र त्यहाँका सामाजिक संस्थाहरुको कार्य प्रणाली अध्ययन गर्ने तथा विदेशमा स्थायी र श्रमका लागि विदेशीएका नेपालीहरुसँग भेट गर्ने उद्देश्यले विदेश जानलागेको बताए । साउदी, मलेसिया, अमेरिका, क्यानडा, कतार , अस्ट्रेलिया र जापानका केही सामाजिक संस्थाहरु तथा गैरआवासीय नेपाली संस्था र विदेशमा काम गरिरहेका नेपाली समुदायको सहकार्यमा औपचारिक निमन्त्रणा आएको हो ।

केही संस्थाहरुले सम्मान तथा परिचयात्मक कार्यक्रममा सहभागी गराउने तथा अध्ययन र अनुसन्धानका लागि औपचारिक रुपमा निमन्त्रणाहरु आएको बस्नेतले जानकारी दिएका छन् । बस्नेतले विगत १० वर्षदेखि अलपत्र अवस्थामा परेका मानिसहरुको उद्दार तथा वेवारिसे अवस्थाका शव दाहसंस्कार गर्दै आइरहेका छन् । ललितपुरको चाँगाथली स्थित आफ्नै जग्गा दिएर शुरु गरेको ‘बा आमा घर आश्रम’ अभियान अहिले ५२ वटा जिल्लामा समेत सञ्चालन भइरहेको छ । वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा ५२ वटा जिल्लामै विस्तार भइसकेको छ । छिट्टै सवै जिल्लाको अधिवेशन पछि संस्थाको केन्द्रीय अधिवेशन गर्ने तयारीमा यतिबेला बस्नेत र संस्थाका प्रतिनिधिहरु जुटिरहेका छन् । अधिवेशन पछि औपचारिक रुपमा विदेश भ्रमणमा जाने तयारी रहेको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *