काठमाडौ ४ बैशाख । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख दलहरु चुनावी रणनीतिसहित गाउँ र शहरमा चहलपहल बढाउन थालेका छन् । स्थानीय तह निर्वाचनका लागि आयोगमा दर्ता भएका ८० मध्ये मुख्य पार्टीहरु चुनावी दौडमा लागिसक्दा अरु केही दलले पनि आआफ्नो रणनीति बनाउँदैछ । दलहरु निर्वाचनमा होमिँदै गर्दा गाउँगाउँमा चुनावी रौनक शुरु भएको छ । यसै क्रममा नेपाली जनता दलले पनि आफ्नो दलको उम्मेदवरी घोषणा गरेको छ । ‘नेपाली जनता दल’ नेपालको एक राजनीतिक दल हो । यसले संविधान सभा निर्वाचन २०६४ मा भाग लिएको थियो । जसमा २ जना सभासद यस दलको तर्फबाट निर्वाचित भएका थिए, संविधान सभा निर्वाचन २०७० मा यस दलको तर्फबाट १ जना सभासद निर्वाचित हुनुभएको थियो ।
नेपाली जनता दलको तर्फबाट पहिलोमा माननीय गायत्री शाह र माननीय विश्वनाथ प्रसाद अग्रवाल तथा दोस्रोमा माननीय हरिचरण शाह संविधान सभा सदस्य हुनुहुन्थ्यो । २०६५,२,१५ गते संबैधानिक समितिमा ७ प्रदेशको नामाकरण सहितको खाका दलको तर्फबाट पेश गरिएको थियो जुन खाका बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको प्रादेशिक संरचना निर्माण भएको हो । नेपाली जनता दलको सैद्धान्तिक दृष्टिकोण सामाजिक न्याय सहितको जनतावाद र मानवतावाद तथा समानता आधारित सामाजिक लोकतान्त्रिक ब्यवस्था र समाजवादी अर्थव्यवस्था हो । दलले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई मुख्य एजेण्डाको रूपमा अघि सार्दै आएको छ ।
२०७९ सालको स्थानीय चुनावमा युवा पुस्तालाई हौसला जागृत गराउने उव्देश्य सञ्चारकर्मसंगै राजनीतिमा क्रियाशिल सुनिल राजभण्डारीलाई कामनपा २९ वडाको वडाअध्यक्ष पदमा नेपाली जनता दलले उम्मेदवारी घोषणा गरेको छ । नेपाली जनता दलले आफ्नो चुनावी घोषण पत्रमा भनिएको छः १, सामुदायिक हस्पिटलको स्थापना। वडा २९ को आफ्नै एम्बुन्सको व्यवस्था । २, अव्यवस्थित जनावरहरुको व्यवस्थापन । ३, अव्यवस्थित पोल तथा तारहरुको व्यवस्थापन । पिउने पानीको उचित व्यवस्थापन । ४, चोरीमा शत प्रतिसत न्यूनीकरण ।
घर घरमा साइरन जडानको व्यवस्था । ५, चोक तथा गल्लीहरुमा सिसि टिभि जडान तथा सुरक्षा गार्ड प्रबन्धको व्यवस्था । ६, चोक तथा गल्लीहरु अध्यारो मुक्त गर्ने प्रतिबद्धता । ७, सुरक्षित बातावरणको ग्यारेण्टी, फोहरको व्यवस्थापन, पोल पोलमा डस्बीनको व्यवस्था, धूलो खाल्डो मुक्त चौडा सडकको व्यवस्था । ८, अपरिचित व्यक्ति तथा सम्पूर्ण वडा २९ बस्ने स्थायी तथा अस्थायी व्यक्तिहरुको विवरण संकलन गरि व्यवस्थित तरिकाले राख्ने । ताकी संगम गल्ली स्थित भएको बम काण्ड नदोह्रियोस । ९, बेरोजगार तथा गलत बाटो समातेकाहरुलाई रोजगारीको सिर्जना गरि सहि बाटो देखाउने प्रयास । १०, वडा २९ को कार्यालय आफ्नै क्षेत्र भित्र निर्माण गर्ने । ११, हरेक बाटो, सडक, गल्लीको बैज्ञानिक पध्दत्ति अनुसार नाम सहितको पाता जडान गर्ने लगायतका छन् । नेपाली जनता दलले आफ्नो उम्मेदवारलाई अत्याधिक मतले बिजयी गराउन २९ वडा वासीमा अपिल गरेको छ ।