काठमाडौं । हालै एक कार्यक्रम गरी मणिपुर बचत तथा ऋण सहकारी संस्था लि. ले चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुरानो वानेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष बिमल कुमार निरौलाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा समितिको प्रतिवेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, विनियम संशोधन संस्था एकिकरण सम्बन्ध, विभिन्न समितिमा रिक्त रहेको पदाधिकारी पूर्ती सम्बन्ध, मुनाफा वितरण सम्बन्ध, संस्थाको कार्यालय भवन निर्माणको लागि जमीन खरिद सम्बन्ध, संचालक तथा उप समितिले गरेको निर्णय अनुमोदन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व. को लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ३ करोड २ लाख ५ सय रुपैयाँ, जगेडाकोष ७० लाख २० हजार ५ सय ८१ रुपैयाँ ४६ पैसा, अन्यकोषहरु ४१ लाख ३९ हजार १ सय १९ रुपैयाँ ५६ पैसा, वाहृय ऋण २ करोड ८८ लाख २४ हजार ४ सय ४२ रुपैयाँ, बचत १२ करोड ६५ लाख ९२ हजार ६ सय ५८ रुपैयाँ २७ पैसा, भुक्तानी दिनुपर्ने हिसाब ३१ लाख ९४ हजार ७ सय ३१ रुपैयाँ ५४ पैसा, अग्रिमकर कट्टी २ लाख ८७ हजार ८ सय ९९ रुपैयाँ ३७ पैसा, आयकर व्यवस्था ४ लाख ४३ हजार ३ सय ३२ रुपैयाँ, कर्जा सुरक्षण कोष १८ लाख २० हजार ८८ रुपैयाँ ९१ पैसा, स्थगन कर दायित्व १ हजार १ सय १२ रुपैयाँ ३८ पैसाको भएको छ भने, संस्थाको जम्मा पूँजी तथा दायित्व २० करोड २५ लाख २४ हजार ४ सय ६५ रुपैयाँ ४९ पैसाको भएको छ । अन्य विविध कार्यक्रम साथमा साधारण सभा सम्पन्न भएको थियो ।