मित्र राष्ट्र बंगलादेशमा यही जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता-२०२३ मा सहभागी हुन नेपाली कराते टोली त्यस तर्फ बुधवार प्रस्थान गरेको छ ।उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव / प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ ईश्वर’ ले गर्नेछ भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री,टिम कोचमा राम कुमार थारु ,रेफ्रीमा साईला गमाल र अफिसियलमा पुष्पराज गिरी र श्रीकिशुन शाह, ले आ-आफ्नो भुमिका निर्वाह गर्नेछन ।खेलाडीहरुमा पुरुष तर्फ क्याडेट -४५ किलोमा बिजल पाईजा, त्यसैगरि सिनियर तर्फ -४५ किलोमा लक्ष्मण पुन, -५० किलोमा रामदास गोपाली , प्रेम प्रसाद नेपाल, -५५ किलोमा गणेश पाईजा, देव कुमार तामाङ्ग, -६० किलोमा,राजन कुमार पाईजा, -६५ किलोमा समित महर्जन ,शम्भु नेपाली, ७५ किलो भन्दा माथि मन्दिप खड्का र ८४ किलो भन्दा माथि अमृत तामाङ्ग ले प्रतिस्पर्धा गर्नेछन भने महिला क्याडेट तर्फ- ५५ किलो तौल समुहमा बिनु माया तामाङ्ले प्रतिस्पर्धा गर्नेछ । उक्त कराते टोलीलाई नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष एवम युवा नेता दावा गुरुङ्गले एक बिशेष कार्यक्रम बिच बिदाई गर्नुभयो । कराते टोली सोमवार स्वदेश फर्कने छ ।
Facebook Comments Box