काठमाडौं । हालै एक वृहत कार्यक्रमका साथ शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. ले बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कालिमाटी काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नरेन्द्र विष्टद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को आयव्याय विवरण, लेखा परिक्षण प्रतिवेदन, लेखा समितिद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, चालु आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक सम्बन्ध, आ.व. २०७९/०८० को लागि कार्यकारी प्रमुखद्वारा प्रस्तुत प्रतिवेदन, संचालक समितिले गरेको निर्णय सम्बन्ध, संचालक लेखा समितिमा रिक्त रहेको पदपूर्ति सम्बन्ध, विनियम संशोधन संस्था एकीकरण सम्बन्ध, संस्थाको भवन तथा जग्गा खरिद गर्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. का लागि पारित गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयर पूँजी २० करोड ४५ लाख २० हजार ६ सय रुपैयाँ, कोष हिसाब ४ करोड ६९ लाख ९८ हजार २ सय ९६ रुपैयाँ ४२ पैसा, बाह्रय ऋण तथा सापाटी १५ करोड ३२ लाख ७८ हजार ८६ रुपैयाँ १ पैसा, कर्जा जोखिम कोष ३ करोड ५७ लाख ९ हजार १ सय ४६ रुपैयाँ ८० पैसा, निक्षेप हिसाब १ अर्ब ९५ करोड ६८ लाख ३६ हजार २ सय ९१ रुपैयाँ ५२ पैसा, चालु दायित्व तथा व्यवस्था ७ करोड ५९ लाख ६ हजार ९ सय ९१ रुपैयाँ २५ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा करोबार २ अर्ब ४७ करोड ३२ लाख ४९ हजार ४ सय १२ रुपैयाँको भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र बिष्टको सभापतित्वमा सम्पन्न सो साधारण सभा अन्य विविध कार्यक्रमको साथमा समापन भएको थियो ।
Facebook Comments Box