५९१ बेवारिसे मृत आत्माको शान्तिको कामना सहित बिनयले पशुपतिमा गरे ससम्मान सामुहिक श्राद्द

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । वेवारिसे दिवंगत पितृहरुको शान्ति र मुक्तिका लागि विनयजंग बस्नेतले शुक्रबार पशुपतिमा सोह«श्राद्ध तथा तर्पण गरे । वेवारिसे शवका अविभावक तथा समाजसेवी बस्नेतले हालसम्म ५९१ वटा वेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । तिनै वेवारिसे र अन्य सवै आफन्त नभएका पितृ आत्माहरुको शान्तिका लागि शुक्रबार सोह«श्राद्धको पवित्र सप्तमी तिथि पारेर श्राद्ध गरेको उनले जानकारी दिए ।

पूर्ण वैदिक विधिबाट श्राद्ध एवं तर्पण गर्दै उनले भने ‘सवै पितृहरुको शान्ति र मुक्तिका लागि सामुहिक तर्पण श्राद्ध गरेको हु ।’ बस्नेतसँगै पुजा विश्वकर्मा बस्नेत र पवित्रा लामाले समेत श्राद्ध कर्ममामा सहभागीता जनाएका छन् । सोह«श्रात अवधिभर पितृहरुको कर्म, श्राद्ध, तर्पण गर्ने वैदिक हिन्दू समुदायमा प्रचलन रही आएको छ । यसै वैदिक संस्कारको निरन्तरता दिंदै कोही नभएर मृत्यु प्राप्त गरेका, आफैले दाहसंस्कार गर्दै आएका सम्पूर्ण वेवारिसे हरुको आत्माको तारण, र मुक्तिका लागि पवित्र पितृ पक्षको अवसरमा सामुहिक श्राद्ध विगत केही वर्षदेखि निरन्तर रुपमा गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *