मंसिर ४ को चुनावमा १ करोड ७९ लाख मतदाता

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ– मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता हुने भएका छन्। निर्वाचन आयोगको बैठक शुक्रबार मतदाता नामावलीलाई स्वीकृत गरेका हो। आयोगले चुनावको मिति घोषणा भएको दिनसम्म गत साउन १९ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो।

गत वैशाख ३० गते भएको स्थानीय तहमा भन्दा प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा दुई लाख मतदाता थपिएका छन्। स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए।

निर्वाचन आयोगका अुनसार २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने ८८ लाख ४७ हजार ५७९ जना महिला मतदाता छन् भने ९१ लाख ४० हजार ८०६ जना पुरुष छन्। १८५ जना अन्य सूचीमा दर्ता भएका मतदातालाई आयोगले स्वीकृत गरेको प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता भएका तीन जिल्लामा मोरङ, झापा र काठमाडौ परेका छन्। मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौँमा ६ लाख ५२ हजार १२६ जना मतदाता छन्। त्यस्तै कम मतदाता भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा परेका छन्। मनाङमा ६ हजार सात सय ७९, मुस्ताङमा १० हजार ९ सय ५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता छन्।

त्यस्तै प्रदेशगत रुपमा सबैभन्दा बढी बागमति प्रदेशमा ३४ लाख ७१ हजार ४९२ मतदाता छन् भने त्यसपछि प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र तेस्रो मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन्। चुनावका लागि आयोगले १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदानकेन्द्र निर्धारण गरेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *