भारतलाई हराउँदै नेपाल फाइनलमा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा जित्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालकी रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । त्यही गोल निर्णायक बन्यो ।  मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती–११खेलाडी मैदानमा पठाउँदा सावित्रा भण्डारी ‘साम्बा’लाई वेञ्चमा राखेका थिए ।
डेंगुको कारण उनी बेन्चमा बसेकी हुन् ।

यो खेलमा भारत हारेसँगै साफ महिला च्याम्पियनसिपमा नयाँ च्याम्पियन बन्ने निश्चित भएको छ । सेमिफाइनलमा नेपालले ५ पटकका विजेता भारतलाई पराजित गरेपछि पहिलो पटकट भारत सेमिफाइनल बाटै बाहिरिएको हो । अब पहिलो पटक नेपाल र वंगलादेश फाइनल खेल्नेछन् ।  नेपाल ५ औँ पटक फाइनल पुगेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *