माँ इन्द्रायणी बहुउद्देश्यीयको साधारण सभा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै माँ इन्द्रायणी बहुउद्देश्यीय सहकारी संस्था लि. ले छब्बीसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नयाँबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रवेश श्रेष्ठद्वारा प्रस्तुत संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित बजेट सम्बन्ध, लेखा समितिद्वारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संस्था एकीकरण सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन सम्बन्ध लगायत विषय उपर छलफल गरि आगामी आ.व. को पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी २ करोड ६२ लाख ५ हजार ३ सय रुपैयाँ, जगेडा कोष ७७ लाख ४८ हजार ९ सय ९० रुपैयाँ ८३ पैसा, अन्य कोषहरु ५७ लाख ९९ हजार ३ सय ७३ रुपैयाँ ४९ पैसा, निक्षेप संकलन ७ करोड ८० लाख ६५ हजार ७ सय ९२ रुपैयाँ २४ पैसा, भुक्तानी गर्नु पर्ने हिसाब ५ लाख ८३ हजार ८ सय ४३ रुपैयाँ ९६ पैसा, भुक्तानी अन्य हिसाब ७ लाख १४ हजार ७ सय ४९ रुपैयाँ, कर्जा नोक्सानी ३० लाख १ हजार १ सय ४२ रुपैयाँ ९ पैसा, आयकर व्यवस्था २ लाख ९० हजार २ सय ९६ रुपैया ७६ पैसा को भएको छ भने चालु आ.व. मा संस्थाको जम्मा दायित्व ११ करोड ६८ लाख २९ हजार ४ सय ८८ रुपैयाँ ३६ पैसाको भएको छ । अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष प्रवेश श्रेष्ठको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *