ब्रजेश्वरी बचतमा पुनः ढकालको नेतुत्व

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । ब्रजेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को हालै सम्पन्न चौधौं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि संस्थाको संचालक समितिको अध्यक्षमा पुनः शत्रुधन प्रसाद ढकाललाई निर्वाचित गरेको छ । बनेश्वर काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा भरत प्रसाद ढकाल, सचिवमा लिरिमा ढकाल, कोषाध्यक्षमा कृष्ण चन्द्र खनाललाई निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा जनार्दन कुमार उपाध्याय, हरि कुमार कोइराला र बद्री प्रसाद कोइरालालाई साधारण सभाले निर्वाचित गरेको छ ।

त्यसैगरि साधारण सभाले लेखा संयोजकमा शंकर प्रसाद पौडेल निर्वाचित गरेको छ भने सदस्यहरुमा इश्वरी प्रसाद ढकाल र शिक्षा पोखरेललाई निर्वाचित गरेको छ । साधारण सभाले संस्थाका अध्यक्ष शत्रुधन प्रसाद ढकालद्वारा प्रस्तुत संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षद्वारा प्रस्तुत लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध, आ.व. २०७९/०८० को नीति कार्यक्रम बजेट सम्बन्ध, लाभांश बोनस वितरण सम्बन्ध, निर्वाचन, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ६५ लाख ४७ हजार ५ सय रुपैयाँ, साधारण जगेडा कोष ३२ लाख ४७ हजार ३ सय ६५ रुपैयाँ २ पैसा, अन्य कोषहरु ३८ लाख १९ हजार ७ सय ६१ रुपैयाँ १६ पैसा, निक्षेप दायित्व ५ करोड ३२ लाख २० हजार ९ सय ४८ रुपैयाँ ६ पैसा, अन्य दायित्व ९० लाख २१ हजार २ सय ९३ रुपैयाँ ७२ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कुल करोबार ८ करोड ५८ लाख ५६ हजार ८ सय ६७ रुपैयाँ ९६ पैसाको भएको छ । साथै अन्य विविध कार्यक्रम गर्दै संस्थाका अध्यक्ष शत्रुधन प्रसाद ढकालको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *