मेधा बचतकोे नवौं साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मेधा बचत तथा ऋण सहकारी संस्था लि. ले हालै नवौंैं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बसुन्धरा काठमाडौंमा सम्पन्न सो साधारण सभाले संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष बलराम थापाद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा परिक्षकको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित बजेट सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, लाभांश वितरण तथा कोष बाँडफाँड सम्बन्ध, आन्तरिक कार्यविधीहरु अनुमोदन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी १ करोड ३६ लाख ९० हजार रुपैयाँ, जगेडा कोष २२ लाख ३९ हजार ४ सय २३ रुपैयाँ २५ पैसा, अन्य कोषहरु २० लाख ७४ हजार ५ सय २४ रुपैयाँ ९२ पैसा, कर्जा नोक्सानी व्यवस्था ४४ लाख ९८ हजार ४ सय ३० रुपैयाँ, निक्षेप दायित्व ७ करोड ७२ लाख ८६ हजार ६ सय ९९ रुपैयाँ ८३ पैसा अन्य दायित्व ९४ लाख ५० हजार ४ सय ७९ रुपैयाँ ६७ पैसाको भएको छ भने चालु आ.व. मा संस्थाको कूल पूँजी तथा दायित्व १० करोड ९२ लाख ३९ हजार ५ सय ५७ रुपैयाँ ६७ पैसाको भएको छ । साथै साधारण सभा विविध कार्यक्रको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *