ब्राइट बचतको अध्यक्षमा न्यौपाने निर्बाचित

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हालै सम्पन्न ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. को तेइसौं वार्षिक साधारण सभाले आगामी कार्यकालको लागि संचालक समितिको अध्यक्षमा लक्ष्मण न्यौपानेलाई निर्वाचित गरेको छ । बागबजार काठमाडौंमा सम्पन्न सो साधारण सभाले उपाध्यक्षमा नीनादेवी शाक्य, सचिबमा डा. घनश्याम खतिवडा, तथा कोषध्यक्षमा राजेन्द्रकुमार थापालाई निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा रामबहादुर गौतम, दिनेश प्रसाइ र रामईन्द्र न्यौपानेलाई निर्वाचित गरेको छ । त्यसैगरि साधारण सभाले लेखा संयोजक गँगाप्रसाद शर्मालाई बनाएको छ भने सदस्यहरु गोकर्णबहादुर थापा र हरिबोल बडाल बन्नु भएको छ ।

साधारण सभाले निवर्तमान अध्यक्ष रामईन्द्र न्यौपानेद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को संस्थाको वार्षिक प्रतिबेदन, आ.व. २०७८/०७९ को लेखा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत प्रतिवेदन, संस्थाका प्रमुखद्वारा प्रस्तुत आ.व. २०७९/०८० को नीति कार्यक्रम तथा बजेट सम्बन्ध, लेखा परिक्षण प्रतिवेदन, विनियम पुर्नलेखन सम्बन्ध, आ.व. २०७९/०८० को लेखा परिक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्ध, संचालक तथा विभिन्न समितिहरुद्वारा गरिएको निर्णय अनुमोदन सम्बन्ध, लाभांश तथा कोष बाँडफाँड सम्बन्ध, भवन मर्मत तथा पूनर्निमाणमा भएका कार्यहरु अनुमोदन सम्बन्ध, संस्था एक अर्कामा गाभ्ने गाभिने सम्बन्ध, बाह्रय ऋण अनुमोदन तथा स्वीकृत गर्ने सम्बन्ध, निर्बाचन सम्बन्ध तथा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको शेयर पूँजी ८ करोड १३ लाख ७२ हजार १ सय रुपैयाँ, जगेडा कोष ६ करोड १३ लाख १३ हजार ८ सय ४७ रुपैयाँ, संरक्षित पूँजी फिर्ता ४३ लाख २६ हजार १ सय ४० रुपैयाँ, सहकारी प्रबद्धन कोष ८६ हजार ५ सय २३ रुपैयाँ, अन्य कोष हिसाब १ करोड ४३ लाख ९ हजार १ सय १ रुपैयाँ, कर्जा जोखिम व्यवस्था कोष १ करोड ९० लाख ७२ हजार ५ सय २७ रुपैयाँ, बाह्रय ऋण ११ करोड ११ लाख ८७ हजार १ सय १० रुपैयाँ, बचत हिसाब ५३ करोड ३२ लाख ८९ हजार ६ सय २ रुपैयाँ, भुक्तानी दिनुपर्ने हिसाब ४१ लाख ५८ हजार १ सय ५२ रुपैयाँ, व्यवस्था २४ लाख ५१ हजार ३ सय ५८ रुपैयाँको भएको छ भने, चालु आ.व. मा संस्थाको जम्मा कारोबार ८३ करोड १५ लाख ६६ हजार ४ सय ५९ रुपैयाँको भएको छ । साथै साधारण सभा अन्य विविध कार्यक्रमको साथमा सम्पन्न भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *