नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने, संकटको समयमा सबै एकतावद्ध हुन आह्वान

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेकपा सचिवालय सदस्य एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले सबै क्षेत्र प्रभावित भएको भन्दै श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

नेता श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए। उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुन समेत आह्वान गरेका छन्।

Facebook Comments Box