राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बैठक र मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् ।

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा बिहीबार सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् ।

पत्रमा उनले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णय सँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिन समेत पत्रमा अनुरोध गरेका छन् ।

Facebook Comments Box