राप्रपाले जितेमात्र जनताले जित्छन् : चुण्डी लामा

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)

प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार
काठमाण्डौं क्षेत्र नं. ३ (क)

चुण्डी लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट काठमाण्डौं क्षेत्र नं. ३ प्रदेश (क) बाट उम्मेदवार बन्नु भएको छ । २०७४ सालदेखी उहाँ राप्रपाको संगठन विस्तारमा सक्रिय रहनु भएको छ । काठमाण्डौं स्थायी बासिन्दा लामा समाजशास्त्रमा एमए गर्दै हुनुहुन्छ । राजनीतिका अलावा चुण्डी लामा समाजसेवामा समेत सक्रिय हुनुहुन्छ ।

प्रस्तुत छ, राप्रपा उम्मेदवार चुण्डी लामासँग गरिएको कुराकानीको मुख्य अंशः

तपाईको प्रमुख चुनावी एजेण्डा बताइ दिनुस्ु न?

मेरो मुख्य एजेण्डा विकास र सुशासन हो । देशमा किन विकास भएन भन्ने स्वविश्लेषण गरेरहेर्दा देशमा उत्पादनमुखी कार्य सुन्य देखियो । विशेष गरेर कृषि क्षेत्रमा पनि त्यस्तै अवस्था छ । कृषि भनेको हाम्रो मानवीय जिवन हो । त्यो नै अरुको हातमा परनिर्भर भयो, देशमा रहेको मुख्य आर्थिक स्रोत रेमिट्यान्स, अनुदान र वैदेशिक ऋण हामी फेरि घुमिफेरी अर्कै मुलुकमा गइरहेको छ । जसले देशलाई आर्थिक रुपमा सबल बनाउँछ । तसर्थ, हामीले हाम्रो आर्थिक स्रोतलाई आफ्नै देशमा राख्नलाई कृषि प्रधानतामा जोड दिनुपर्छ । जसका लागि गाईको भूमिका मुख्य देखेको छु । कसरी भने एउटा विरुवालाई हुर्कन १८ वटा तत्व चाहिन्छ भन्ने विज्ञहरुको भनाइ छ । ती १८ वटै स्रोत भनेको गाईको मलमुत्र हो । यदि पर्याप्त मात्रामा गाईको मलमुत्र उपलब्ध गराएको खण्डमा हामी ढुङ्गा र वगरमा पनि प्रयाप्त कृषि उत्पादन गर्न सक्छौं । त्यसैले मेरो मुख्य एजेण्डा नै गाई प्रवद्र्धन हो । एक नेपाली एक गाई को अभियानकै रुपमा संचालन गरिनु पर्छ । हाम्रो हिन्दु धर्मले पनि गाईलाई लक्ष्मी अर्थात धनकी देवी मानेका छ । तसर्थ देशको समृद्धिका लागि गाईको महत्व यसबाट स्पष्ट हुन्छ । यसैगरी स्वच्छ नेपाल महान अभियानको थालनी पनि मेरो एजेण्डामा पर्छ ।

यो क्षेत्रमा राप्रपाले स्थिति कस्तो रहेको अनुभव गर्नु भएको छ ?
यस क्षेत्रका संघ र प्रदेश तीनै उम्मेदवार जित्दैछौं । विभिन्न तरिकाबाट बुझ्दा यो क्षेत्रका राप्रपाको स्थिति राम्रो छ । राप्रपा जिते मात्र जनता जित्ने छन् । राप्रपा भनेको विकासवादी पार्टी हो, राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी प्रदेशमा लहर छ । अब हामी यस क्षेत्रका प्रत्येक मतदाताको घर दैलोमा पुग्दै छौं । मलाई लाग्छ, यस पटक राप्रपाले सानदार रुपमा जित्दै छ । प्रत्यक्ष र समानुपातिक दुवैतिर राप्रपाको जित हुने देखिदैछ ।

राप्रपालाई नै मत हाल्न यस क्षेत्रका मतदातालाई सन्देश दिनुस् न ?

अब केही हप्ताभित्र अर्थात मंसिर ४ गते नेपालमा संघ र प्रदेशको निर्वाचन हुँदैछ । यो निर्वाचनले संघ र प्रदेशमा कस्तो सरकार बनाउने भन्ने फैसला गर्दछ । मलाई लाग्छ संघ र प्रदेशतिर राप्रपाको सरकार बन्दैछ त्यसैले यस क्षेत्रमा तीनै जना उम्मेदवारलाई मत दिएर देश बनाउने अभियानमा राप्रपालाई साथ दिन समस्त मतदातालाई हार्दिक अपिल गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *