अहिले राप्रपाले पाएको जनमत विपक्षमा बसेर जनताको विषय उठाउने हो: प्रकाश रिमाल

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
प्रकाश रिमाल सहमहामन्त्री, राप्रपा

प्रकाश रिमाल राष्ट्रिय राजनीतिमा चिरपरिचित नाम हो । यति बेला उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको सहमामन्त्री हुनुहुन्छ । राप्रपाको भातृ संगठन नेपाल शिक्षक परिषदको संस्थापक, सदस्य, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको काठमाण्डौ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय अध्यक्ष रहि सक्नु भएको छ । यसै गरी नेता रिमाल सितापाइला जेसिजको पूर्व अध्यक्ष, सितापाइला उच्च माध्यमिक विद्यालयको पूर्व अध्यक्ष, लायन्स क्लब काठमाण्डौ नागार्जुन सिटीको संस्थापक अध्यक्ष हुनुहुन्छ । निर्भिक स्वभाव र राष्ट्रवादी सोच भएका प्रकाश रिमाल २०५४ सालमा तत्काालीन सितापाइला गाविसको वडा अध्यक्ष हुनु भएको थियो भने २०७०, २०७४ र २०७९ सालमा काठमाण्डौ क्षेत्र नं ८ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनु भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा पनि संलग्न रिमाल राप्रपाको केन्द्रीय सहमहामन्त्रिका अलावा संगठन विभागको सदस्य सचिव समेत हुनुहुन्छ । प्रस्तुत छ राप्रपाका सह–महामन्त्री रिमालसँग मुलुकको वर्तमान अवस्थाबारे गरिएको कुराकानी

देशको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ?
मुलुकको वर्तमान राजनीतिक अवस्था दुर्घटनातिर लम्कदै गइरहेको देखिन्छ । मुलुक असफल राष्ट्रतिर परिणत हुँदै छ । वाह्य हस्तक्षेप व्यापक छ । हामी स्वाभिमान हौ कि होइनौ भन्ने प्रश्न चिन्ह खडा हुँदै छ । सामाजिक सद्भाव विग्रदै गएको छ । धर्म, संस्कृति, परम्परा , रितिरिवाज माथि व्यापक प्रहार भइरहेको छ । विदेशीहरुबाट आफ्नै धर्म, संस्कृति, परम्परा, रितिरिवाजमाथि व्यापक प्रहार भइरहेको छ । अब हामीले बाटो फेरेनौ भने मुलुक दुर्घटनामा पर्ने असम्भावी छ । अहिलेका ठूला दलहरु भ्रष्टाचारमा लिप्त छन् । त्यसैले राजनीतिक विकल्प दिन अघि बढिरहेको राप्रपामा देशव्यापी जनलहर छ । अब हामीले जनभावनाको कदर गर्नुपर्छ । राप्रपामा स्थान दिँदै जानु पर्छ । राप्रपा जनताको साथी भइसकेको छ । राप्रपाले जनताका सुख दुःखका कुरा सदनदेखि सडकसम्म उठाउँदै जानुपर्छ । महँगी दिनदिनै बढिरहेको छ । नुन, तेल, चामलदेखि हरेक वस्तुमा मुल्य वृध्दि भइरहेको छ ।
कयौन जनता विहान खाए बेलुका के खाउ भन्ने अवस्थामा छन् । महँगी नियन्त्रण गर्न भनेर खोलिएका सरकारी सम्यन्त्र मुकदर्शक झै देखिएका छन् । मिटरव्याजी सम्बन्धी त कानून बन्यो । तर कानून आफै बोल्ने होइन, लागु भएको छैन । जनता साहुकारबाट सयको हजार, हजारको लाख, लाखको करोड तिर्न बाध्य भएको हामीले देखे सुनेकै कुरा हो । जनता आफ्नो घरवास साहुकारहरुले खाइदिएर रोइरहेका छन् ।

यतिबेला चर्चामा रहेको ललिता निवास प्रकरण, नक्कली भुटान शरणार्थी प्रकरण एवं ६० केजी सुन प्रकरणलाई कसरी लिनु भएको छ ?
अहिले देशमा भ्रष्टाचारका सम्बन्धमा जुन प्रकरणहरु देखापरेका छन् । यो प्रकरणहरुले के स्पष्ट पार्छ भने ठूला दलले राज्य संचालन गर्दा आफ्नै राज्यमा बसेर नेपालीलाई भुटानी बनाएर विदेश बेच्दा रहेछन् भन्ने प्रमाणित भएको छ । सुन काण्डमा ठूला दलकै नेताहरु देखिन्छन् । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु सम्मको नाम आइसकेको छ । यसबाट ठूला दलहरुबाट मुलुक अगाडी जाँदैन भन्ने स्पष्ट भइसकेको छ । यसभन्दा बाहेक धेरै भ्रष्टाचारका काण्डहरु छानविन हुनै बाँकी छ । ओम्नी काण्ड देखियो, एनसेल काण्ड देखियो, प्रिन्टिङ प्रेस काण्ड देखियो , यति काण्ड देखियो, अयोग्य लडाकु काण्ड देखियो । यो भन्दा बढी अरु धेरै काण्ड हामीले देखेका छौ ।

राप्रपा अब कसरी अघि बढ्छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यो मुलुकको वैकल्पिक राजनीतिक मार्ग चित्र बोकेको राजनीतिक पार्टी हो । मुलुकमा दलीय व्यवस्थाको विकल्प छैन । दलीय व्यवस्थामा विचारको विकल्प विचार हुन्छ । अहिलेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयता असफल भएपछि यसको विकल्प भनेको नयाँ विचार र मार्गचित्र भएको राजासहितको प्रजातन्त्र हो । संघीयता खारेजीको मार्गचित्र अवलम्बन गर्ने राजनीतिक दल राप्रपा अबको विकल्प भएको हुँदा जनतामाझ गएर सडकमा आफ्ना मुद्दा स्थापित गर्न राप्रपाले आन्दोलनका कार्यक्रमहरुको तयारी गरिरहेको छ । मुलुकलाई विकास दिन अब राप्रपाको सिद्दान्त र विचारको विकल्प हुँदैन, छैन ।

राप्रपाले अघि सारेको नविन राप्रपा अभियान कुन अवस्थामा पुगेको छ ?
राप्रपाले अहिले आफ्ना कार्यक्रमहरु, योजनाहरु, कार्यशैलीहरुm नयाँ ढंगले अगाडी बढाउन नविन राप्रपाको कार्ययोजना (अभियान) अगाडी सारेको छ । यो योजना अन्तर्गत ४० वर्ष भन्दा मुनिका युवा युवतीलाई केन्द्रीय तहदेखी वडा तहसम्म नेतृत्वदायी भुमिकामा ल्याउने पेशागत, संघ संगठन बनाउन निरुत्साहित गर्ने महिलाहरुलाई नेतृत्ववादी भूमिकामा अगाडी ल्याउने, राप्रपाका विगतका कार्यशैलीहरु परिवर्तन गरी नविन सोचेका साथ अगाडी बढ्ने कार्ययोजनानै राप्रपाको नविन राप्रपा कार्ययोजना (अभियान) हो । राप्रपा यति बेला जिल्ला जिल्ला, क्षेत्र क्षेत्र, गाउँ गाउँ, टोल टोल पुगिरहेको छ । राप्रपामा प्रदेशको लहर देखिन्छ ।

पूर्व रजा ज्ञानेन्द्र शाहका सक्रियतालाई कसरी हेर्नु भएको छ ?
यसै मेसोमा भन्नुपर्दा पहिलेको प्रमुख कुरा नेपालको सन्दर्भमा राजसंस्थाको आवश्यकता अपरिहार्य रहेको छ । पूर्वीय संस्कृति र पूर्वीय दर्शनमा आधारित समाज, ९४ प्रतिशत अँकार परिवार भएको मुलुकका विभिन्न जातजाती, धर्म, संस्कृति, भाषा भेष भएको देशलाई एकतावद्द गर्न राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ । जनताले राजसंस्थाको आवश्यकता महसुस गरेपछि जनताले अभिनन्दनका लागि अनुरोध गरेपछि राजा उपस्थित हुनु स्वभाविक हो । राजसंस्थाको अभावमा मुलुक विखण्डनतिर जाने संभावना बढेको छ । अब जनता आफै जागरुक भएर राजालाई नारायणहिटीमा ल्याएर पून ः राजा बनाउनुको विकल्प छैन ।

धरानमा त गाई काटेको समाचार आएको छ नि ?
नेपाल ९४ प्रतिशत अहंकार परिवार बसोबास गर्ने मुलुकमा गाई काट्नु पर्छ भन्ने आवाज उठ्नु नै दुर्भाग्य हो । नेपालमा धर्मनिरपेक्षता भएपछि यो आवाज उठ्न थाल्यो । नेपाललाई धर्मनिरपेक्ष बनाउने काम नै विदेशीको योजना– षड्यन्त्रबाट भएको हो । अहिले विदेशी लगानीमा केही एनजिओ, आइएनजिओहरु, मंगोल अर्गनाइजेसनहरु नेपालको धर्म, संस्कृति, परम्परा कमजोर बनाउन, जातीय सद्भाव विगार्न र देशमा द्वन्द मच्चाएर विदेशी सेना भित्र्याउने योजनामा रहेका छन् । हरेक नेपालीले बेलैमा सजग नहुने हो भने निकट भविस्यमा नेपालमा विदेशी सेना आउने निश्चित प्राय छ । अब धर्म निरपेक्षता खारेज गरेर हिन्दु राष्ट्रको पहिचान कायम गर्न गणतन्त्र फालेर राजतन्त्र ल्याउन दुर्घटनाहरु बचाउन जरुरी छ । र, नेपालको कानूनले गाई गोरुलाई चोट पु¥याउने लाई ६ महिना कैद र गौ हत्या गर्नेलाई तिन वर्ष कैद गर्ने व्यवस्था भएको हुँदा धरानमा भएको घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न राप्रपा जोडदार रुपमा माग गर्दछ । अन्यथा आगामाी दिनमा यो स्थिती अझै भयावह हुने देखिन्छ ।

राप्रपा सरकारमा किन नगएको होला ?
राप्रपा अहिले क्रियाशिल राजनीतिक दलहरुभन्दा फरक वैचारिक धरातल भएको राजनीतिक पार्टी हो, राजनीतिक शक्ति हो, अहिले राप्रपाले पाएको जनमत विपक्षमा बसेर आफ्ना मुद्दाहरु जनजिविकाका विषय उठाउने गरी मात्र पाएको हुँदा राप्रपा यतिबेला विपक्षमा बसेको छ । राप्रपाको प्राथमिकता सरकार होइन । अब सडकलाई कार्यदिशा, कार्यनीति बनाएर अगाडी बढ्ने गरी राप्रपा तयारी गरिरहेको छ ।

राप्रपा एमालेसँग मिलेको देखिन्छ नि ?
राप्रपा अलग पहिचान भएको पार्टी विपक्षमा भएको हुँदा र एमाले पनि विपक्षीमै रहेको हुँदा केही विषयमा कुरा मिले जस्तो देखिए पनि राप्रपाको लागि गणतन्त्र , धर्म निरपेक्षता, संघीयता मास्ने सबै दलहरु एउटै लाग्ने भए पनि सिद्दान्त र विचारको हिसाबले एमाले भने नजिक छैन ।

अन्तमा देशवासीलाई सन्देश दिनुस न ?
मुलुक गलत दिशाबाट अघि बढिरहेको सन्दर्भमा अहिले भएका प्रमुख राजनीतिक दलहरु असफल भइसकेको अवस्था छ । यस्तो अवस्थामा मुलुकले वैकल्पिक विचार र दल खोजिरहेको अवस्थामा नेपाली समाज, नेपाली माटो, सुहाउँदो राजनीतिक दर्शनलाई अब नेपाली जनताले स्थापित गर्न ढिला गर्नु हुँदैन । जति ढिला ग¥यो, मुलुक त्यति नै बर्बाद हुने अवस्था छ । त्यसैले नेपाली जनतालाई अब राप्रपाले बोकेको एजेण्डामा एकतावद्द हुन आवहान र अनुरोध गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *