सुशासन र विकासका लागि राप्रपाले जित्नु पर्छ : देवेन्द्र प्रधान

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
देवेन्द्र प्रधान प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, काठमाडौं क्षेत्र नं ९

 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नं ९ मा राप्रपाको उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभव गर्नु भएको छ ?
— जति ठाउँमा जाँदा पनि मतदाता मा प्रति सकारात्मक रहेको पाएको छु । दलको विकल्प दल हो, यस क्षेत्रमा पनि दलहरुबीच नै प्रतिष्पर्धा हुँदैछ । त्यसो त जनताले नयाँ अनुहार खोजेका छन् । यस पटक जनताले नयाँ विकल्प खोजेका छन्, त्यो विकल्प राप्रपा मात्र हो । राप्रपाले मात्र जनताको इच्छा अनुसार काम गर्न सक्छ ।
यस क्षेत्रमा तपाईंले जित्ने आधारहरु बताई दिनुस न ?
एक नम्बरमा सत्ता गठबन्धन प्रति मतदातामा वितृष्णा छ । उनीहरु सबैको अनुहार जनताले हेरि सके । नेपाली कांग्रेसको यस क्षेत्रमा उम्मेदवार नभएकाले मलाई कांग्रेसले पनि सघाउँ छन् भन्ने विश्वास लिएको छु । एमाले उम्मेदवार पनि छ सात पटक उठ्दा, कहिले जित्दा पनि यो क्षेत्रको लागि केही नगर्ने भएकाले यस पटक जनताले मलाई जिताउँछन् भन्ने विश्वास लिएको छु ।
तपाई कुन कुन एजेण्डा लिएर जनता माँझ जाँदै हुनुहुन्छ ?
— हाम्रो पार्टीको राष्ट्रिय एजेण्डा छन् । यस बाहेक अरु पार्टीका भन्दा यस क्षेत्रलाई फरक ढंगबाट अघि बढाउने मेरो एजेण्डा छन् । शिक्षा, स्वास्थ्य र रोजगारी र नयाँ यातायातलाई व्यवस्थित गर्ने मेरो प्रमुख एजेण्डा हो । राजसंस्था र हिन्दू धर्म भन्ने मतदाताले त हामीलाई मतदान गरिहाल्छन् । त्यसको अलावा राप्रपा विकास, सुशासन कायम गर्ने तथा भ्रष्टाचार रहित शासनको पक्षपाती हो । सुशासन र विकासको लागि राप्रपाकै नेतृत्व आवश्यक छ । राप्रपाले जित्नु पर्छ ।
तपाईप्रति यस क्षेत्रका मतदातालाई आकर्षित गर्ने र जितका लाग विस्वस्थ हुन के कस्ता कार्यक्रम छ ?
— म यस क्षेत्रमा इमान्दार र नयाँ सोच र नयाँ विचारका साथ जनता माझ आएकाले यस पटक राप्रपालाई जिताउँछौं, भनिरहनु भएको छ । हामीले बाचागरेका काम गर्न कुनै अप्ठेरो छैन । किन कि हामी राष्ट्रवादीहरुले बनाएका पार्टी हो । त्यसैले यो क्षेत्रबाट हामी विजयी हुनेमा विश्वस्थ छौं ।
यो क्षेत्रमा राप्रपाको अन्य दलसँग तलमेल छ कि छैन ?
— हाम्रो यस क्षेत्रमा अन्य दलसँग कुनै तालमेल छैन । हाम्रै विचार र सिद्धान्तले नै मतदाता माँझ गइरहेका छौं । जनता हामीप्रति सकारात्मक छन् ।
तपाई राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ, राप्रपले यस क्षेत्रलाई राम्रो क्षेत्रको रुपमा लिएको छ, मतदाताको राय चाहीं कस्तो पाउनु भएको छ ?
— मतदाताहरुको प्रतिक्रिया अत्यन्त राम्रो छ । जनता म प्रति अत्यन्त उत्साहित पनि छन् । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले एक रुपैयाँ घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । यही हाम्रो लागि मार्ग दर्शन हो । के अन्य दलका नेताहरु यस्तो भन्न सक्छन् । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपामा प्रवेशको लहर चलेको छ, जनता राप्रपाप्रति आकर्षित भइरहेका छन् । त्यसैले पनि यस क्षेत्रमा मैले जित्ने पक्का छ ।
अन्तमा मतदातालाई तपाईंको सन्देश दिनुस न ?
— अबको शक्ति भनेको राप्रपा मात्र हो, राप्रपाको अन्य दलको भन्दा फरक पहिचान छ । त्यसैले आफ्नो अमुल्य मत दिएर प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं क्षेत्र नं ९ मा मलाई अत्याधिक बहुमतले विजयी गराउन सविनय अनुरोध गर्दछु । मैले जितेपछि मतदाताहरुको इच्छा र देशको आवश्यकता विपरीत जाने छैन ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *