कुमार घिमिरे
युवा नेता, राष्ट्रिय प्रजातन्त्र पार्टी
आसन्न प्रतिविधि सभा र प्रदेश सभालाई राप्रपाले कसरी लिएको छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सकारात्मक रुपमा लिएको छ । तर, देशका ठूला पार्टीको टकरवाले गर्दा हामीलाई सजिलो भएको छ । ३१ वर्षसम्मको कार्यकालमा ठुला दलको देश प्रति माया मोह देखिएन । त्यसले गर्दा गणतन्त्र त आयो, कसको लागि आयो ? यी अवसरवादीले नेपाली जनताको लागि गणतन्त्र ल्याएको होइन रहेछ भन्ने प्रमाणित भएको छ । ठुला दलहरुको स्वार्थमा मात्र देश चलिरहेको छ । के उनीहरुलाई देशप्रति, जनताप्रति माया मोह भए यसरी नै देश चलाउने हो त ? त्यस माथि देश डुबाउन नागरिकता विधेयक ल्याएका छन्, पास गरेका छन् । मुलुकलाई फिजिकरण गर्न ठुला दल उद्दत देखिन्छन् । तीन करोड जनसंख्या भएको नेपाललाई अब ६ करोड जनसंख्या बनाउन, नेपालीलाई अल्पमतमा पारेर नेपाली जनताको मुटुमाथि खेलवाड गरी अर्काे तीन करोड बाहिरी शक्ति प्रवेश गराउने उद्देश्यले नागरिकता विधेयक आएको स्पष्ट देखिन्छ ।
यही विधेयकका कारण राप्रपालाई अब जनताले इमान्दार रुपमा भोट दिएनन् भने भोलीका दिनमा जनता रुनु पर्ने अवस्थ आउनेछ र यो विधेयकलाई फिर्ता गर्नका लागि नेपाली काँग्रेसमा लागेका जनता, एमालेमा लागेका जनपिय जनताहरुले अब नसोचे कसले सोच्ने ? नेपाल प्रतिको माया र नेपाली आमालाई बचाउने हो भने एक मात्र विकल्प राप्रपा मात्र हो । यो विधेयक फिर्ता गर्न रापपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको आवश्यकता जरुरी देखिएको छ ।
राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
राप्रपाको संगठन देशव्यापी रुपमा फैलिँदै गएको छ । यो निर्वाचनमा सफल हुन, विजयी हुन राप्रपाले सम्पूर्ण शक्ति लगाउँदै छ । निर्वाचन तयारीको लागि सभा, सम्मेलन, ¥याली जस्ता कार्यक्रम गरिरहेका छौं । गाउँ देखि नगर क्षेत्रसम्म संगठन थप क्रियाशिल गराउँदै टोल टोलसम्ममा समेत इकाईहरु सक्रिय रुपमा गठन गरिरहेका छौं । हामी जनताको घर दैलोमा जाँदा जनताले अब यस पटक राप्रपा हेर्छाैं भनिरहेका छन् । जसले गर्दा हामी उत्साहित भएका छौं । यस पटकको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी राप्रपाले सानदार रुपमा विजयी हासिल गर्दै छौं ।
राप्रपाले निर्वाचनमा अन्य दलसँग तालमेल त गर्दै छैन ?
राप्रपाले यस पटकको निर्वाचनमा कुनै दलसँग तालमेल गर्दैन तर तालमेल भने केही ठाउँ विशेष हुन पनि सक्छ । तर देशव्यापी रुपमा राप्रपाले उम्मेद्वार उठाउनु पर्छ भन्ने मेरो मनसाय छ । यदि जुन सुकै दलसँग तालमेल गर्ने हो भने अन्य दल र राप्रपामा के फरक भयो र ? २०७४ सालमा गरिएको तालमेलले राप्रपाको के हालत भयो, यो स्मरण गर्नु पर्ने यहि बेला हो ।
राप्रपाले आगामी निर्वाचनमा कस्तो उम्मेदवार उठाउँदैछ ?
कुनै पनि कुरामा दाग नलागेको, स्वच्छ छवि भएको, जनताले मागेका, देशको भलाई चिताई रहेको, इमान्दार, पार्टीको नीति, नियम एजेण्डा प्रति प्रतिवद्ध रहेको, धर्म संस्कृति प्रति प्रतिवद्ध सनातन हिन्दु राष्ट्र बनाउन सक्रिय धर्म, राष्ट्र, समाज र जनताप्रति प्रतिवद्ध व्यक्तिलाई राप्रपाले उम्मेद्वार छान्ने छ ।
तपाई काठमाडौं क्षेत्र नं. ३ मा राप्रपाबाट उठ्ने चर्चा छ नि ?
यदि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र आम जनताले माग गर्छन् भने म यो क्षेत्रबाट उठ्न तयार छु । मेरो उम्मेद्वारी देशको लागि, जनताको लागि पार्टीकोलागि हुनेछ ।
तपाईले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनुभएको छ ?
तीन करोड जनतालाई राप्रपाको आवाज फैलाउने, देशमा भइरहेको विसंगतिलाई चिर्न सक्ने एक मात्र नेता राजेन्द्र लिङ्देन नै हो । ३१ वर्षको लामो विकृतिको डम्पिङ फाल्न र हिन्दु कायम गर्न राजेन्द्र लिङ्देन मात्र यस्तो व्यक्तित्व हो, जसले सबैको मन जित्न सक्ने राष्ट्रवादी नेता हुनुहुन्छ । यो कुरा मैले मात्र भनेको होइन, समस्त देशवासीले यतिबेला अनुभव गरिरहेका छन् । पार्टीमा सबै तहका नेता कार्यकर्तालाई अटाउने वातावरण राजेन्द्र लिङ्देन अध्यक्ष जितेपछिमात्र भएको देखिन्छ । तर राजेन्द्र लिङ्देनले अझ पनि पार्टीमा क्रियाशिल, पार्टीको झण्डामुनि बसिरहेको देशभक्तहरुलाई क्षमताको आधारमा जिम्मेवारी दिन चुक्नु हुन्न ।
राप्रपाको प्रमुख चुनावी एजेण्डा के के छन् ?
राप्रपाको प्रमुख चुनावी एजेण्डामा भ्रष्टाचार निवारण र सुशासन हो । त्यसपछि संवैधानिक राजतन्त्र र सबै जनता अटाउने सनातन हिन्दु धर्म हो । यहि प्रमुख एजेण्डा लिएर हामी जनतामाझ गइरहेका छौं ।
अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
अरुलाई हे¥यौं, धैरे पटक, अब हेरौं राप्रपालाई । आम नेपाली आमा–बुवा, दाजुभाई –दिदी बहिनीलाई धर्म संस्कृति बचाउनका लागि पनि यस पटक राप्रपालाई हरेक नेपाली (३ करोड)ले राप्रपालाई रोज्नुहोस् । देश बचाउन एक एक मतको आवश्यकता छ । देश परिवर्तनका लागि विसंगतिलाई चिर्नका लागि आम नेपाली जनतालाई तपाईको अमुल्य एकमत राप्रपालाई दिन हृदयदेखी अनुरोध गर्दछु । साथै राप्रपाका सदृय अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा देश निर्माणमा लाग्न समस्त देशवासीमा साथ र सहयोग गरिदिनु हुन्छ भन्ने विश्वास लिएको छु ।