उपप्रधानमन्त्री लिङ्देन र युरोपियन युनियनकी राजदूत डिप्रेजबीच भेटवार्ता

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ – उपप्रधानमन्त्री एवम् उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ। उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बिहीबार भएको भेटममा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी उर्जा क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै सहयोगको निरन्तरताको लागि आग्रह गरे।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारीकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै, हरीत ग्यास उत्पादनको विषयमा समेत छलफल भइरहेको जानकारी दिए।

‘हरीत ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र नीति निर्माणमा हामी छलफलमै छौँ’ उपप्रधानमन्त्री लिङ्देनले भने,’निजी लगानीकर्तासँग सहकार्य गर्ने विषयमा समेत छलफल भइरहेको छ।’

छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले वंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको वताउदै भविष्यमा ठुलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताए‍।

उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समीसन र अन्य दिमेकी मुलुकसँगको व्यापारको लागि समानान्तर रुपले ट्रान्समिसन लाइन विस्तार गरिने बताए। उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमासमेत छलफल भएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *