जिल्ला सरकारी वकिल कार्यालयले रविकाे राहदानीसम्बन्धी अनुसन्धान अगाडि बढायो

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडाैँ- जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दोहोरो पासपोर्ट लिएको विषयको अनुसन्धान अघि बढाएकाे छ। गत मंगलबार युवराज सफलले प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको हुँदा जाहेरी दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा निदेवन दिएका थिए।

उजुरी आएपछि अनुसन्धान अघि बढाइएको सरकारी वकिल कार्यालय, काठमाडाैँले जनाएकाे छ। रास्वपा सभापति लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ। अमेरिकी पासपोर्ट लिएर नातेदार भिसामा नेपाल छिरेका रवि लामिछानेले त्यसकै १६ दिनमै नेपाली राहदानी बनाएका थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *