हल सञ्चालकहरूद्धारा सिनेमा हल खोल्नका लागि माग, एक तिहाइ दर्शक राखेर हल सञ्चालनको योजना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । १ असारबाट लकडाउन खुकुलोसँगै काठमाडौं उपत्यका र मोफसलका डिपार्टमेन्टल स्टोल तथा पसलहरू खुलेका छन् । सामाजिक दूरी कायम गर्दै डिपार्टमेन्ट स्टोरमा ग्रहकका सहभागिता बढेपछि आफ्ना सिनेमा हल खोल्नका लागि हल सञ्चालकहरूले पनि माग गरेका छन् ।

अहिलेको अवस्थामा नेपाली चलचित्र क्षेत्रको समस्याबारे चलचित्र विकास बोर्डले छलफल गरेको थियो । यो क्रममा हलवालाहरूको संस्था नेपाल चलचित्र संघका पदाधिकारीहरूले सिनेमा हल खोल्नका लागि माग गर्दै हल खोल्ने योजनसमेत प्रस्तुत गरेका छन् । अहिलेको अवस्थामा एक तिहाइ दर्शक राखेर आफूहरू सिनेमा हल खोल्नका लागि तयार भएको हल सञ्चालकहरूको कथन छ ।

सञ्चाल तथा सूचना प्रविधि मन्त्रालयमार्फत कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई आफूहरूले हल खोल्न पाउनुपर्ने भन्दै चलचित्र संघले हल खोल्ने मोडलिटी पठाएको छ । सो मोडलिटीअनुुसार अहिले संसद् भवनमा सांसदहरूको बैठक सञ्चालन गर्न जुन मोडालिटी अपनाइएको छ सोही मोडलिटीमा चलचित्र हल सञ्चालन गरिनुपर्ने हल सञ्चालकहरूको माग छ ।

नेपाल चलचित्र चलचित्र संघको कोषाध्यक्ष एवं चलचित्र वितरक गोविन्द शाहीले विश्वका कतिपय देशमा अहिलेको अवस्थामा सुरक्षित रूपमा सिनेमा हल सञ्चालन गरिएकाले नेपालमा पनि पूर्ण सुरक्षा अपनाएर सञ्चालन गर्न सकिने राजधानीलाई बताए ।

सिनेमा हलमा प्रत्यक एक सिट छाडेर दर्शकलाई बसाएर सिनेमा देखाउन सकिने भन्दै कसरी हल सञ्चालन गर्ने भन्ने प्रावधान अहिले आफूहरूले चलचित्र विकास बोर्डलाई संघमार्फत बुझाएको बताए ।

हलमा प्रवेश गर्नुअघि सामाजिक दूरी कायम गरेर ज्वरो नदेखिएकालाई सिनेमा हलभित्र प्रवेश गराइने, हल प्रवेश गर्नुअघि स्यानिटाइजर हुनुपर्ने, हातमा पन्जा र मुखमा मास्क अनिवार्य लगाएको हुनुपर्ने, सिनेमा हल प्रवेशदेखि बाहिर निक्लँदासम्म सामाजिक दूरी कायम गर्नुपर्ने, हललाई सिनेमा प्रदर्शनअघि र प्रदर्शन गरिसकेकोपछि पूर्ण स्यानिटाइज गरिनुपर्नेजस्ता विविध सल्लाह आफूहरूले दिएको पनि उनले बताएका छन् ।

चलचित्र विकास बोर्डले अहिलेको अवस्थामा सिनेमा हल कसरी सञ्चालन गर्न सकिन्छ भनेर माग गरेकोमा आफूहरूले फिल्म हल अहिले सञ्चालन गर्नेका लागि चिनियाँ मोडालिटी पठाएको पनि कोषाध्यक्ष शाहीले राजधानीलाई बताए । सबैतिरबाट खुला गरिएको बेलामा सिनेमा हललाई मात्र बन्द गर्न नहुने उनको तर्क छ ।

तर, नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले मुलुकमा कोरोनाको महामारी झन् बढेको कारण आफूहरूलाई सरकारले सिनेमा हल सञ्चालन गर्न दिन्छ भन्नेमा विश्वस्त नरहेको बताएका छन् ।

नेपाल सरकारले कोरोना संक्रमणपछि संकटमा परेका सिनेमा हललाई अन्य उद्योगजस्तै ट्याक्समा छुट दिनुपर्ने, नेपाल चलचित्र संघ महासचिव एवं प्रवक्ता अशोक शर्माको कथन छ ।

आफूहरूले सिनेमा हल बनाउँदा लिएको ऋणको ब्याजमा छुट, हल बन्द भए पनि तिर्दै आएको बिजुलीको महसुलमा छुट हुनुपर्नेलगायतका विभिन्न माग आफूहरूले चलचित्र विकास बोर्डमा पेस गरेको पनि महासचिव शर्माको कथन छ । यस्तै, बोर्डले मागेअनुसारको हल सञ्चालनको मोडालिटी आफूहरूले प्रस्तुत गरेकाले सो मोडलिटीमा सुरक्षित रूपमा सिनेमा देखाउन सकिने पनि उनको भनाइ छ । राजधानी

Facebook Comments Box