राप्रपा नेत्री श्रेष्ठले दोलखाबाट उम्मेदवारी दिने

समाचार
खवर पाटी (खोज खबरको अभियान)
काठमाडौं । आगामी मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक दलहरूले आआफ्ना गतिविधि बढाउन थालेका छन् । सत्ता गठबन्धन मिलेर चुनावमा जाने गृहकार्यमा लागेको छ । मिलेर चुनावमा जाने र सिट संख्या बढाएर फेरि सत्तामा पुग्ने दाउ गठबन्धनको छ ।
लोकतन्त्रमा हरेक दल एक्ला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने हो तर त्यतातिर ध्यान दिन सकिरहेका छैनन् । बिभिन्न पाटी आआफ्नो तालमाल मिलादै गरेको अवस्थामा राप्रपा केन्द्रिय सदस्य मोनिका श्रेष्ठ दोलखा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’बाट समानुपातिकमा पहिलो नम्बरमा सिफारिस हुनुभएको छ । कलाकारिताको क्षेत्रमा समेत परिचय बनाउनु भएको मोनिका श्रेष्ठ आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहनु हुन्छ ।
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *