काठमाडौँ- मनास्लु हिमाल क्षेत्रमा सोमबार हिमपहिरो गएको छ। मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पबीचमा हिमपहिरो गएको हो।
कीर्तिमानी आरोही निर्मल पुर्जाले सामाजिक सञ्जालमार्फत् हिमपहिरोबारे जानकारी दिँदै आफ्नो आरोहण दलमा रहेका सबै सदस्य सकुशल रहेको उल्लेख गरेका छन्। सेभेन समिटका मिग्मा शेर्पाले हिमपहिरो गएको पुष्टि गरेका हुन्।
गाेर्खाकाे चुमनुव्री गाउँपालिका वडा नम्बर- १ का अध्यक्ष कर्मा छेवाङ लामाका अनुसार हिम पहिराेमा परेकाहरूकाे उद्दार गरिएकाे र उनीहरूलाई हेलिकप्टरमार्फत् काठमाडाैँ ल्याउने तयारी भइरहेकाे जानकारी दिए।
Facebook Comments Box