तपाईहरुको अमूल्य मतले देशमा ठुलो परिवर्तन हुनेछ : रोजिना गुरुङ

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
रोजिना गुरुङ प्रदेश सभा सदस्य, राप्रपा उम्मेदवार, काठमाण्डौं क्षेत्र नं. ७ (क)

तपाई प्रदेश सभा सदस्यमा काठमाण्डौं क्षेत्र नं ७ (क) मा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ, कस्तो अनुभव गर्नु भएको छ ?
यस पटकको चुनाव मलाई राम्रो लागेको छ । राप्रपा जस्तो बेग्लै पहिचान बोकेको पार्टीबाट चुनावमा उठ्न पाउँदा र जनता माझ जानपाउँदा गौरव महसुस गरिरहेको छु । यसरी चुनावी प्रचारप्रसारका व्रmममा जनतामाझ जाँदा जनताको सुख दुःल्ख समेत बुझ्न समेत मद्दत मिलेको छ । हामी जहाँ जहाँ जान्छौं, त्यहाँ त्यहाँका जनताले यस पटक राप्रपालाई जिताउँछौ भनिरहेका छन्, यसले यस क्षेत्रको हाम्रो टिम उत्साहित र खुसी भएका छौं ।

तपाई कुन कुन एजेण्डा लिएर जनतामाझ जाँदै हुनुहुन्छ ?
म यस क्षेत्रमा विजयी भएपछि सबैभन्दा पहिला महिलाहरुको हक–अधिकारको लागि लड्ने छु । अर्थतन्त्रको क्रान्ति ल्याउने छु । युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउन, स्वदेशमै कलकारखाना खोल्न पहल गर्ने छु । तेश्रो लिङ्गीलाई अधिकार र सम्मान दिँदै रोजगारीको उचित व्यवस्था गर्नेछु । नेपालीले नेपालमै रोजगारी पाउने अवस्थाको सृजना गर्ने मेरो प्रमुख उद्देश्य हो । मुलुकमा भइरहेको विकृति विसंगति अन्त गर्न अगाडी बढ्ने छु । भ्रष्टाचार, गुण्डागर्दी, बलत्कार अन्त गर्न पहल गर्नेछु । शिक्षा स्वास्थ्यमा भइरहेको व्यापारीकरण अन्त गर्ने र शिक्षा स्वास्थ्य निःशुल्क गर्न लाग्ने छु । वृद्ध बाबु आमाको साहारा बन्दै एकल महिलाहरुलाई संरक्षण गर्न मेरो दृढ प्रतिवद्धता छ । यसको अलावा राजासहितको प्रजातन्त्र पूनस्थापित गर्न, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद ल्याउन, प्रदेश खारेज गरि दुई तहको सरकारको स्थापना गर्न, सर्बधर्म, समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको बैधिक सनातन हिन्दु राष्ट्र पूनास्थापना गर्न, धर्म संस्कृति र परम्पराको संरक्षण गर्न मेरो उम्मेदवारी हो ।

जनताले राप्रपालाई नै किन मत दिने ?
हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनले एक रुपैयाँ घास खानु भनेको आमाको रगत खानु बराबर हो भन्नु भएको छ, यो हाम्रो लागि गर्वको विषय हो । अन्य पार्टीका नेताहरुले यस्तो भन्ने हिमत गर्न सक्छन् ? यो देशको परिवर्तनका लागि, देशमा हिन्दु राज्य ल्याउन, राजतन्त्र पूनस्थापित गर्न, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न राप्रपालाई जनताले मत दिँदैछन् ।

ठुला दलका उम्मेदवारसँग तपाईको प्रतिस्पर्धा हुँदैछ । उनीहरुको माझबाट जित्न यस क्षेत्रका मतदातालाई कसरी विश्वास दिलाउनु हुन्छ ?
म चुनावमा मात्र नयाँ हो । यस क्षेत्रका जनतामाझ नयाँ होइन । यस क्षेत्रका जनतासँग मेरो सुख दुःख साटासाट भइरहेको छ । त्यसैले ठूला दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न मलाई कुनै अप्ठ्यारो भएको छैन । यस क्षेत्रमा मतदाताले अन्य दलहरुलाई धेरै हेरिसक्यौं अब राप्रपा हेर्छाैं र नयाँ सोच र युवा नेतृत्वलाई हेर्छाैं भनिरहनु भएको छ । त्यसैले यस क्षेत्रमा मेरो जित सुनिश्चिछ छ ।

यस क्षेत्रमा राप्रपाको अन्य दलसँग तालमेल छ ?
यस क्षेत्रमा हाम्रो अन्य दलसँग कुनै तालमेल छैन, हामी आफै बलियो छौं ।

राप्रपाले यो क्षेत्रलाई राम्रो क्षेत्रको रुपमा लिएको छ, मतदाताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी जनतामाझ जाँदा धेरै पटक अन्य दल हे¥यौ अब राप्रपा हेर्छौँ भनिरहेका छन् । देश जर्जर अवस्थामा पुगेको छ, यो अवस्थाबाट देशलाई पार लगाउन राप्रपाले मात्र केही गर्छ भनेर मतदाताको विश्वास लिएर बसिरहेका छन् । अब युवाहरुको पालो भनेर राप्रपाले सन्देश दिएको छ । प्रमुख दलहरु धर्म नास गरिसकेँ । अब धर्म बचाउन र देशलाई बचाउन पर्छ भनेर राप्रपालाई मत दिन प्रतिक्षा गरिरहेका छन् । जनताले हिन्दु धर्म ल्याउन, राजतन्त्र ल्याउन, भ्रष्टाचार हटाउन, राप्रपालाई मतदान गर्दैछन् ।

अन्तमा मतदातालाई सन्देश दिनुस् न ?
विकासको लागि राप्रपा, हिन्दुवादीको लागि राप्रपा, राजसंस्थावादीको लागि राप्रपा, त्यसैले अब हरेक तह र तप्कामा रहेका मतदाताले विवेक पु¥याएर मतदान गरिदिनुहोला, तपाईहरुको अमूल्य मतले देशमा ठूलो परिवर्तन हुनेछ । राप्रपाले जिते मात्र जनताको एजेण्डाको जित हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *