घोषणा पत्रमा नअटेको खेलकुद क्षेत्र

विचार
खवर पाटी (खोज खबरको अभियान)
सरसर्ती हेर्दा खेलकुद भन्ने बित्तिकै आम सर्व साधारणले खेल्ने र कुदनेहरुको संस्था वा संगठन भनेर बुज्छन । यस क्षेत्रलाई प्राय:अन्य ब्यक्तीहरुले पनि बुझ्दा बुझ्दै जवर्जस्त त्यसरी नै बुझे जसरी सर्व साधारणले बुझे भन्दा सम्भवत मँ फरक नपर्ला । हिजो पंचेहरुले यस क्षेत्रलाई आफ्ना सुरक्षा र कुर्सीको आयु लम्व्याउन यसलाई राम्रै संग प्रयोग गरे । अझ अस्तिका आफुलाई राजा महाराजा भनाउदाहरुले त आफु निकट रहेकालाई नेतृत्वकार बनाएर यसलाई मनोरन्जनको साधनको रुपमा मज्जाले प्रयोग गरे । बिगत देखि बर्तमान सम्म आईपुग्दा करिव साँढे छ दशक ब्यतित गरिसकेको छ तर,यस क्षेत्रमा केही परिवर्तन बाहेक ठुला परिवर्तन नहुनु यसमा खुलेको एउटै कारण छ,अनुभवी खेलकर्मीले नेतृत्व गर्नु नपाउनु । हिजो हामी खेलकर्मीले नचाहँदा नचाहदै हुकुमी शासन मान्नु पर्ने बाध्यता थियो तर त्यसका बिरुद्ध हामी खुलेरै लाग्यौ । जसको फलस्वरुप ती शासनहरुको अन्त्य भयो । आज जनताको शासन त आयो तर,खेल क्षेत्रमा कहाँ र कत्ती आयो भनेर प्रश्न गर्यो भने सम्भवत: यसको उत्तर धेरै कम खेलकर्मी संग हुन्छ होला ।
मुलुकमा गणतन्त्र भित्र्याउन युवा खेलकर्मीहरुको पनि उत्तिकै योगदान छ जती अरुको छ । हिजोका पंचे र राजा महाराजाहरुले खेलकर्मीलाई गुलामवादको लाईनमा राम्रै संग लगाए तर आज गणतन्त्रमा पनि यस क्षेत्रमा त्यसको धङधङी अझै समाप्त भईसकेको अवस्था छैन । आजका दिनसम्म मुलुकमा तीन पटक ठुला निर्वाचन सम्पन्न भईसक्यो भने चौथो पटक ठुला निर्वाचन आगामी मंशिर ४ मा सम्पन्न हुदैछ । तर दुख भनु या बिडम्वना,न हिजो सम्पन्न भएको आम निर्वाचनमा राजनिति आस्थावान खेलकर्मीलाई एकाध बाहेक प्रत्यक्ष वा समानुपातिकमा समेटन सक्यो,न त आगामी मंशिर ४ मा नै समेटिएको पाईयो । खेलकर्मीलाई प्रत्यक्ष वा समानुपातिकको त धेरै टाढाको कुरा हाम्रा ठुला राजनिति दलहरुले प्रस्तुत गरेको घोषणा पत्रमा खेलकुद क्षेत्रलाई स्पष्ट रुपमा समेटेको नपाउँदा एउटा खेलकर्मीको नाताले कता-कता दुख लाग्यो । अनि आफै संग एउटा यक्ष प्रश्न तेर्सीरह्यो,हामीले राजनिति दलहरुलाई वा नेतागण लाई खेलकुद बुझाउन सकेनौ कि,वा उहाँहरुले बुझ्ने कोशिस गर्नु भएन ? अनि बारम्वार हामी सबै संग एउटै गुनासो हुन्छ,खेलकुदमा परिवर्तन किन भएन भनेर । के अनुभवी खेलकर्मीको नेतृत्व बिना खेलकुदमा अग्रगामी छलाङ्ग र समृद्धीमय खेलकुदको सम्भव छ र ? अनि राज्यलाई एशियन र ओलम्पिक गेम्समा कसरी पदक दिलाउन सम्भव छ त ? यो सबै राजनिति दलका राज नेता र ठुला राजनितिज्ञहरु अव सोच्ने बेला आएन र ? जे होश आगामी दिनमा हाम्रा ठुला नेताहरुलाई पनि खेलकुद प्रति चासो बढोस र जति सक्दो बढी राजनितिक आस्था बोकेका खेलकर्मीहरुको मनोभावनालाई कदर गर्दै समानुपातिक र समावेशी खेल क्षेत्रमा पनि लागु गरियोस ता कि,खेलकर्मीहरु पनि हरेक निर्वाचनमा बढी उत्साहित हुन सकोस । बाँकी तपाईहरु कै ईच्छा । होईन भने खेलकुद हिजो,आज र भोलीको पर्खाई मा रहँदै,खेल्ने र कुदनेहरुको जमात मात्र नहोस । जय देश,जय खेलकुद,जय युवा !
( लेखक , नेकपा ( माओवादी केन्द्र ) निकट अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष तथा नेपाल सितोरियो कराते संघका प्रवक्ता एवम बरिष्ठ करातेकर्मी हुनुहुन्छ )
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *