‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’सम्पन्न

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं ३ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा नाचघर जमलमा सम्पन्न ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ कार्यक्रममा अहिलेकी चर्चित एवं व्यस्त मोडल प्रतिक्षा काफ्लेले आफ्नो धमकेदार नृत्यकला प्रस्तुत गरेर कार्यक्रममा थप रौनकता थपिएको थियो । उनले फिल्म ‘फाटेको जुत्ता’ को ‘अलि अलि छोटो के लाएँथ्ये यो सारा सहरले लगायो मै माथि फोकस’ संग मिश्रित गीतमा नृत्य गरेकी हुन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले आफ्नो पक्षमा पार्न सफलमात्र भइनन् बेस्ट नेल आर्टको उपाधिसहित २५ हजार रुपियाँ पुरस्कार तथा उपहार प्राप्त गरिन ।
प्रतियोगितामा मोस्ट ट्यालेन्ट अवार्डसहित निशा थापा प्रथम उपविजेता बनिन् । बेस्ट हेयर स्टाइल अवार्डसहित अम्बिका तुलाधर अधिकारी द्वितीय उपविजेता बनिन भने बेस्ट हेयर केमिकल टेक्निसियन अवार्डसहित रजनी राई तृतीय उपविजेता भएकी छन् । बरिष्ठ सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको कार्यक्रममा संचारकर्मी, लेखक तथा निर्देशक डब्बु क्षेत्री, गायिका, मोडल सरिता भारती लगायत बिभिन्न बिद्याका प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *