राप्रपा नेपालले जितेमात्र जनताको एजेण्डाको जित हुनेछ: शुशिला गिरी

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)

शुशिला गिरी
बाग्मती प्रदेश सदस्य, राप्रपा नेपाल
समानुपातिक उम्मेदवार

तपाई बाग्मती प्रदेश सदस्यमा राप्रपा नेपालका तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । कस्तो लागिरहेको छ ?

यस पटकको चुनाव मलाई राम्रो लागिरहेको छ । हरेक हिसाबले म खुसी छु । राप्रपा नेपालले मलाई बाग्मती प्रदेश सदस्यमा समानुपातिक उम्मेदवार बनाएको छ । यसमा मलाई गौरव लागिरहेको छ । चुनावी प्रचारप्रसारका क्रममा जनतामाझ जाँदा जनताको सुख दुःख बुझ्न समेत थप मद्धत मिलेको छ । हामी जहाँ जान्छौँ, त्यहाँका मतदाताले यस पटक राप्रपा नेपाललाई जिताउँछौ भनिरहनु भएको छ । यसले हामी उत्साहित छौँ ।

तपाई कुन कुन एजेण्डा लिएर जनतामाझ जानु भएको छ ?

हुन त राप्रपा नेपालको केन्द्रबाट जारी एजेण्डा मेरो पनि एजेण्डा हो । यस भन्दा बाहेक पनि केही मेरा पनि एजेण्डा छन् । हिन्दुराष्ट्रको पहिचान राप्रपा नेपालको अभियान, सामाजिक सुरक्षामा राज्यको दायित्व, निशुल्क, स्वास्थ्य, गुणस्तरीय शिक्षा, महिलामाथी हुने बलात्कार हत्या हिंसाको अन्त्य, मूल्यवृध्दि र भ्रष्टाचारको अन्त्य भन्ने मूल जगमा टेकेर मेरा अन्य एजेण्डा छन् । आवश्यकताको आधारमा मागमा आधारित दिर्घकालीन सन्तुलित विकास गर्ने, बाग्मती प्रदेशको काठमाण्डौँ उपत्यकालाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउने, काठमाण्डौ उपत्यकाको बसोबास र सुकुम्वासी वस्तिलाई व्यवस्थित गर्न, महिलामाथि हुने सबै प्रकारको हत्या हिंसा अन्त्य गर्न , आदिवासी जनजातिको पहिचानको संरक्षण प्रवद्र्धन गर्न, गर्ववती महिला र सुत्केरी महिलालाई अस्पतालमा विशेष सुविधाको व्यवस्था गर्न, विविधतामा रहेका सबै महिलाहरुको बीचमा समानत कायम हुने गरि सन्तुलित विकास गर्न म प्रतिवद्ध छु । साथै सकारात्मक परिवर्तनका लागि राप्रपा नेपालले अंगिकार गरेको सिद्धान्त सम्वद्र्धनवाद, सुशासन र समृद्धिको लागि बाग्मती प्रदेशमा मेरो समानुपातिक खस आर्य महिला तर्फ उम्मेदवारी रहेको छ । यसपटक आदरणीय आमा बाबु दाजुभाई तथा दिदी बहिनी सबैले राप्रपा नेपालको चुनाव चिन्ह तीर (वाण) मा मतदान गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै देशैभरी राप्रपा नेपालबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिनु हुने सबैलाई तीर (वाण) चिन्हमा मतदान गरिदिनुहुन सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।

जनताले राप्रपा नेपाललाई नै किन मत दिने ?

मुख्य रुपमा भन्नुपर्दा देशमा हिन्दुराज्य ल्याउन, विकासको लहर ल्याउन, देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न, जनताले राप्रपा नेपाललाई मतदान गर्दैछन् ।

मत माग्न जाँदा तपाईसँग मतदाताले के कस्तो माग गरिरहेका छन् ?

जनताले सबैभन्दा पहिला विकास र सुशासन चाहिरहेका छन् , यो राप्रपा नेपालले मात्र गर्न सक्छ । राप्रपा नेपाल कट्टर हिन्दुवादी पार्टी भएकाले हाम्रो पार्टीमा देश व्यापी जनलहर छ । धेरै पटक अन्य पार्टी हे¥यौ, यसपटक राप्रपा नेपाललाई हेर्छौँ भनेर आम मतदाताले भनिरहनु भएको छ।

उम्मेदवारहरु जितपछि प्रतिवद्दता विर्सन्छन् भनिन्छ नि ?

जितेपछि म जनताको सेवक बनेर काम गर्ने छु । म कुनैपनि तरिकाबाट जनतासँग गरिएका प्रतिबद्धता बिर्सने छैन । एक दुई तिन गरेर जनतासँग गरेका प्रतिबद्धता अनुसार म काम गर्ने छु । अरुले जित्दै जनता झुक्याउँदै जनतासँग गरेका चुनावी प्रतिवद्धता बिर्सने गरिरहेका छन् । तर म जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने छु । जनताले पछिसम्म सम्झन लायक काम गर्ने छु ।

राप्रपा नेपाल कट्टर हिन्दुवादी भएकाले हिन्दुहरुको मत त आउला नि ?

यो राम्रो प्रश्न सोध्नु भयो, राप्रपा नेपाल को मत आउने आधार हिन्दुहरु नै हुन् । अरुले पनि मत त दिन्छन् तर मुख्य गरी राप्रपा नेपाललाई जिताउने हिन्दुहरु नै हुन् । ८० प्रतिशत भन्दा बढी हिन्दु रहेका मुलुकमा हिन्दुहरुको मत जहिले पनि निर्णायक बन्दै आएको छु । यस पटक पनि निर्णायक बन्ने छ । धर्म, संस्कृति र परम्पराको रक्षा गरेर देश विकास गर्नुपर्दछ र गर्न सकिन्छ, सनातन धर्म र सांस्कृतिक विविधता नेपालका मौलिक पहिचान हुन् । सम्वद्र्धनबाद राप्रपा नेपालको वैचारिक दर्शन हुन् ।

अन्तमा मतदातालाई सन्देश दिनुस न ?

विकासको लागि राप्रपा नेपाल, हिन्दुवादीका लागि राप्रपा नेपाल, त्यसैले अब हरेक तह र तप्कामा रहेका मतदाताले विवेक पू¥याएर मतदान गरिदिनुहोला, देशैैँभर राप्रपा नेपालको चुनाव चिन्ह तिर (वाण) मा मतदान गरिदिनुहोला । तपाईहरुको अमूल्य मतले देशमा ठूलो परिवर्तन हुनेछ । राप्रपा नेपालले जिते मात्र जनताको एजेण्डाको जित हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *