हामीले जित्ने मुख्य आधार राजेन्द्र लिङ्देनको विचार र नेतृत्व हो: रामेश्वर पौडेल

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
रामेश्वर पौडेल वडाअध्यक्ष पदका राप्रपा उम्मेदवार काठमाडौं महानगरपालिका वडा नं ३

तपाई राप्रपाको तर्फबाट काठमाण्डौं महानगरपालिका वडा नं. ३ को वडा अध्यक्ष उठ्नु भएको छ । यहाँको स्थिति कस्तो छ ?
मैले जित्ने आधारहरु धेरै छ । यहाँ राप्रपाको स्थिति राम्रो छ । म यस वडाको वासिन्दाका लागि अपरिचित होइन । म धार्मिक, सामाजिक क्षेत्रमा प्रतिवद्ध भएर अहिलेसम्म सेवामा लागिरहेको छु । पंचायत कालमा यसै वडाबाट सभाषद्मा विजयी भएको थिए । अहिलेसम्म वडावासीको सेवा मै समर्पित भएकाले मलाई यस वडावासीले विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

राप्रपामा राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भएपछि पार्टी प्रवेशको लहर छ, यहाँ कस्तो छ ?
राप्रपामा युवा नेता, राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि देशव्यापी रुपमा पार्टी प्रवेश गरे जस्तै यस वडामा पनि पार्टी प्रवेश गरिरहेका छन् । एक किसिमको पार्टी प्रवेशको लहर नै छ । अध्यक्ष लिङ्देनले एक रुपैया भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह भन्नु भएको छ । यहि विचारबाट तमाम मतदाताहरु आकर्षित भइरहेका छन् । हामीले जित्ने मुख्य आधार राजेन्द्र लिङ््देनको विचार हो । नेतृत्व हो ।

तपाईको टिम जिते पछि यस वडामा के के राम्रा काम गर्नु हुन्छ ?
हाम्रो टिम यस वडामा विजयी भएपछि वर्तमान अवस्थामा पाइरहनु भएको सम्पूर्ण सेवालाई निरन्तरता दिने छौं, साथै जनप्रतिनिधि सबैको साझा हुन्छन् भन्ने शास्वत अवधारणालाई कुनै पार्टीको आधारमा वर्ग तथा जातको आधारमा नभई समान नागरिकको हैसियतमा सम्पूर्ण वडावासीलाई विना भेदभाव छिटो र सरल सेवा उपलब्ध गराउने छौं, वडामा रहेका बेरोजगार जनशक्तिलाई रोजगारीको व्यवस्था नभए सम्म १२ कक्षा उत्तीर्णलाई रु. १०००, स्नातक उत्तीर्णलाई रु. २५०० मासिक भत्ताको व्यवस्था गर्ने छौं, साथै बीचमा पढाई छाडेका तथा बेरोजगार अवस्थामा रहेका युवा शक्तिलाई निःशुल्क ऋत्भ्ख्त् अन्तर्गतका प्राविधिक शिक्षा मार्फत आत्मनिर्भर बनाउने छौं, आर्थिक अवस्था कमजोर भएका परिवारका जेष्ठ नागरिकले हाल पाइरहनु भएको भत्तामा थप मासिक रु. १,००० उपलब्ध गराउने छौं, खेलकुद क्षेत्रमा विशेष गरी फुटबलमा राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल बाँसबारी क्लबलाई पटक पटक ‘क’ श्रेणीमा उक्लने र पून ‘ख’ श्रेणीमा झार्ने समस्याबाट सधैंको लागि मुक्त गर्ने विशेष योजनाका साथ आर्थिक प्याकेजको व्यवस्था गर्ने छौं, साथै रानीबारी, महाराजगञ्ज, चक्रपथ, सल्लाघारी, नवजागृति युवा क्लबलगायत यस क्षेत्रमा कृयाशिल सम्पूर्ण क्लबहरुलाई रचनात्मक कृयाकलाप तथा आवश्यक समस्या समाधान गर्नका लागि पूर्वाधार विकास तथा आर्थिक प्याकेजको व्यवस्था गर्ने छौं सम्पूर्ण वडावासी महिलाहरुलाई सुत्केरी भत्ता एकमुष्ट रु. ६,००० उपलब्ध गराउने छौं । यसै गरी यस वडामा हामी जितेपछि घर–घरबाट निस्कने फोहोर मैलालाई दर सम्भव निःशुल्क उठाउने व्यवस्था गर्नै छौं, प्रत्येक वडावासीको घर–घरमा धारा पु¥याउने छौ ।

चुनाव जितेपछि जनप्रतिनिधिले विर्सन्छन भनिन्छ नि ?
मैले यस वडामा जितेपछि कुनै पनि वडावासीलाई बिर्सने छैन । म जितेपछि स्वतन्त्र र निष्पक्ष भएर वडाबासीको सेवा गर्नेछु ।

तपाई वडा अध्यक्ष पदमा विजयी भएपछि पहिलो काम के गर्नु हुन्छ ?
म वडाअध्यक्षमा विजयी भएपछि पहिलो काम वडावासीको घर घरमा गई खास समस्या के हो भन्ने बुझि म जनताको सेवक बनेर काम गर्नेछु । त्यो समस्या समाधान गर्न पाइला चाल्ने छु ।

तपाई धेरै क्षेत्रमा व्यस्त हुनुहुन्छ, जितेपछि समय दिन सक्नु हुन्न भन्ने आरोप छ नि ?
यो आरोप मात्र हो, एउटा राम्रो काम नपाउँदासम्म मान्छे एउटा काममा व्यस्त रहन्छ, त्यसैले यस अघि मैले जुन जुन पेशा गरेको भए पनि म वडा अध्यक्ष जितेपछि २४ घण्टा नै जनसेवामा लगाउने वडावासी लाई विश्वास दिलाउँछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *