वायु प्रदुषण र चुनौती

खवर पाटी (खोज खबरको अभियान)

केही दिन यता राजधानी काठमाडौं र नेपालका विभिन्न क्षेत्रमा वायु प्रदुषणले आकाश धुम्म देखिएको छ । राम्रोसँग घाम लाग्न सकेको छैन । विमानस्थल वरपरको भिजिविलिटी समेत कम भएका कारण विमान उडान र अवतरण प्रमावित हुन पुगेको छ । आजको रेकर्ड अनुसार पनि त्रिभुवन विमानस्थलको भिजिविलिटी २२ मिटर रेकर्ड गरिएको छ । विमान स्थलमा मात्र नभएर केही दिनयता वायुमण्डलमा देखिएको असरले हावामा धुलो र फोहोरका कणहरुका कारण मानिसको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।

वर्षेनी क्रमिक रुपमा राजधानी र देशभरकै मौसममा विग्रीदैं जानु चिन्ताजक समस्या हो ।  हालैको विश्वजगतमा गरिएको सर्वेक्षणमा पनि काठमाडौं वायुप्रदुषण हुने शहरहरुको संख्यामा उच्च स्थानमा देखिएको छ । दिन दिनै बढीरहेको वायुप्रदुणलाई कम गर्ने तर्फ उचित रुपमा ठोस कार्य हुन सकिरहेको छैन । उल्टै प्रदुषणका कारक सवारी सवारी साधन, कलकारखाना र अन्य वातावरण प्रतिकुल हुने क्रियाकलापहरु बढीरहेका छन् । यसले झन् वातावरण विगारीरहेको छ । बढ्दो शहरीकरणका कारण नेपालका शहरहरु प्रदुषित बन्दै गइरहेका छन् । यसले नेपालको वातवरणीय समस्या दिनदिन बढीरहेको छ । यसतर्फ सरकार र सवै पक्षले गम्भीर भएर सोच्नु पर्ने समय आइसकेको छ ।

Facebook Comments Box