काठमाडौं । हालै एक वृहत कार्यक्रम गरी सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले बाइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सानेपा ललितपुरमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष हेमराज दहालद्वारा प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७९/०८० को भावी कार्यक्रम सम्बन्ध, लेखा परिक्षण प्रतिवेदन, आगामी आ.व.को लागि लेखा परिक्षक नियुक्ति पारिश्रमिक तोक्ने सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरी आगामी आ.व.को लागि पारित गरेको छ ।
साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत हिसाब अनुसार चालु आ.व.मा संस्थाको शेयरपूँजी ४६ करोड ६५ लाख ३४ हजार ६ सय ४३ रुपैयाँ, निक्षेप ८ अर्ब ४९ करोड ५४ लाख ८९ हजार ९ सय २२ रुपैयाँ, कर्जा लागानी असुली ८ अर्ब १८ करोड ७ लाख ३५ हजार ३ सय ४५ रुपैयाँ, आम्दानी १ अर्ब ५४ करोड ५४ लाख ९६ हजार ५१ रुपैयाँ, खर्च १ अर्ब ३९ करोड ३९ लाख ६२ हजार ३ सय ३५ रुपैयाँ, नाफा १५ करोड १५ लाख ३३ हजार ४ सय १७ रुपैयाँ को भएको छ भने चालु आ.व.मा संस्थाको कूल सम्पत्ति १० अर्ब १३ करोड ४७ लाख ६२ हजार ६९ रुपैयाँको भएको छ । त्यसैगरी संस्थाले सेवाग्राहीहरुलाई ध्यानमा राखि कोभिड महामारी लकडाउनमा पनि सेवामा निरन्तरता दिएको थियो भने सेवा केन्द्रबाट प्रभावकारी सेवा, मोबाइल सेवामा निरन्तरता, दैनिक ८ घण्टा भन्दा बढि सेवा प्रदान, एस.एम.एस. सहकारी सेवा, एम्बुलेन्स सेवा, तालिम तथा सेमिनार कार्यक्रम, सहुलियत दरमा संस्थागत स्वास्थ्य सेवा लगायतको सेवा दिदै आइरहेको छ भने सुमेरु मार्ट संचालन, आधुनिक सुविधा सम्पन्न सुमेरु रिर्सोट संचालनको तयारी तथा समयको आवश्यक्ता अनुसार सदस्यमुखी सेवा मुलक कार्यहरुको थालनी समेत संस्थाले प्रारम्भ गरि सकेको छ ।