वडाध्यक्षका स्वतन्त्र उम्मेदवार श्रीकृष्ण भारती मत माग्दै घरदैलोमा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका श्रीकृष्ण भारती आफ्नो पक्षमा मत दिन घरदैलोमा व्यस्त रहेका छन् । निर्वाचनको मिति नजिकिंदै जाँदा स्थानीय मतदाताको घर घरमा पुगेर मत दिन भारतीले अनुरोध गरिरहेका छन् । केही शुभचिन्तक र सहयोगीहरुको समुह सहित परिचित अपरिचित सवै स्थानीय जनतामाझ आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरिरहेका छन् ।

स्वतन्त्र उम्मेदवार बनेका भारतीको स्वतन्त्र उम्मेदवारीले दहचोकमा चर्चा पाएको छ । उनी पूर्व एमालेका शसक्त सदस्य रहेका थिए । आफ्नै पार्टीका स्थानीय नेतृत्वको कार्यशीलेको खुलेरै विरोध र असहमतिको बुँदा राखेर सच्चिनु पर्ने धारणा राखेकै कारण आफ्नै पार्टी कमिटिमा समेत उनको अन्तरसंघर्ष भइहन्थ्यो । त्यसै कारण पनि यथास्थिति बदल्न नयाँ परिस्थितिको निर्माण गर्ने पहल र शुरुवात गर्न स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको भारती बताउँछन् । दलीय संकीर्णता, जनविरोधी र जनआकांक्षा विपरितका राजननीतिक र प्रशासनिक कार्यशैलीको विरोध गर्दै नयाँ परिवर्तनको नारा लिएर अघि बढीरहेको उनको भनाई छ । घरदैलोमा मत माग्दै उनले वडावासी जनताको पक्षमा निरन्तर काम गर्ने समर्पण सहित अघिबढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आत्म विश्वासी, निडर र निष्पक्ष चरित्रको छवि बनाएका भारतीको उम्मेदवारीलाई स्थानीय मतदाताले निकै सकारात्मक रुपमा लिइरहेको पाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *