काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवार प्रेमसागर कर्माचार्यको चर्चा

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आगामि मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ का उम्मेदवार हुन् प्रेम सागर कर्माचार्य । उनले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कर्माचार्यको चुनाव चिन्ह घण्टाघर रहेको छ । निर्वाचन मिति नजिकिंदै जाँदा क्षेत्र नं ६ का मतदाता एवं शुभेच्छुकहरुसँग मतदान गर्न र आफूलाई विजयी गराउन अभियानकै रुपमा अगाडी बढेका छन् । कुनै तामझाम विना साधारण र तवरले जनतामाझ प्रस्तुत भएर मतमागि रहेका कर्माचार्य समाजसेवामा पनि उत्तिकै खटिइरहेका छन् । उनी रक्तदाता हुन । अहिलेसम्म १७१ पटक रक्तदान गरेर उदाहरण पेश गरेका उनले आपतकालमा परेका विरामीहरुलाई रगत र रक्तदान गर्ने व्यक्ति सम्पर्कमा पुराउने कार्यलाई ज्यादै महत्व दिन्छन् । रक्तदान जीवनदान अर्थात् जीवन बचाउने सेवा उनको पहिलो प्राथमिकतामा पर्दछ । काठमाडौं क्षेत्र नं ६मा काठमाडौं महानगरपालिकाका २६,२७,२८ तारकेश्वर नगरपालिकाका १,२,६,७,८,९,१०,११ र टोखा नगरपालिकाका १,८,९,१०,११ वडाहरु समेटीएका छन् ।

प्रेम प्रेमसागर कर्माचार्यले प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएपछि हालै पत्रकार सम्मेलन गरी समाधान पत्र सार्वजनिक गरे। रक्तदाता केन्द्रीय समाजको केन्द्रीय अध्यक्षसमेत रहेका प्रेमसागर कर्माचार्यले १७१ पटक रगत दान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले एकपटक मुलुक र जनताको सेवा गर्ने साझा उद्देश्यका साथ अघि बढ्न आफूले उम्मेदवारी दिएको धारणा राखेका छन् । कार्यक्रम मार्फत् ३६ बुँदे समाधान पत्र सार्वजनिक गर्दै अहिलेको मुलुकमा विद्यमान संघीयतालाई सेवामुखी र पारदर्शी बनाउने चाहना उनको छ । चुनावी घोषणापत्र केवल घोषणा गरिएर सकिने भएकाले समाधान पत्र लिएर जनतासामु मतको अपेक्षा गर्ने र जनचासोलाई सधैं कदर गर्दै जनताको सेवा गर्ने धारणा राखे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *