उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनकपुरधाम- तराई/मधेसमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रूपमा सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन सोमबार ब्रतालुहरूले उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चार दिवसीय छठ सम्पन्न भएको हो।

शुक्रबार नहाय-खाय विधिबाट सुरु भएको छठको दोस्रो दिन खरना विधि सम्पन्न गरिएको थियो। छठको मुख्य दिन आइतबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने चौथो दिन सोमबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ। जसलाई पारन भन्ने गरिन्छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *