श्रीराम श्रेष्ठको पुस्तक ‘मीमांसा’ सार्वजनिक

समाचार
खवर पाटी (खोज खबरको अभियान)

नुवाकोट । साहित्य एवं समसामयिक विषयमा लामो समयदेखि कलम चलाउँदै आएका श्रीराम श्रेष्ठको नयाँ पुस्तक “मीमांसा” शनिबार विमोचित भएको छ । नुवाकोटको विदुरमा एक कार्यक्रमकाबीच संघीय अर्थमन्त्री डा. प्रकाशशरण महतले पुस्तक विमोचन गरेका थिए। ३६० पृष्ठ रहेको पुस्तकमा विभिन्न छापा तथा अनलाइन मिडियाहरुमा विभिन्न समयमा प्रकाशित ५८ ओटा आलेखहरु संग्रहित गरिएको छ । पुस्तक नेपाली लेखक संघ जिल्ला कार्यसमिति नुवाकोटले प्रकाशनमा ल्याएको हो । श्रेष्ठ नेपाली कांग्रेसका नुवाकोट जिल्ला सचिव एवं नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष हुन् । कार्यक्रममा लेखक श्रेष्ठले पढ्ने लेख्ने संस्कृतिको विकासको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालयगत नभएर पालिकागत पुस्तकालय निर्माण हुनुपर्नेमा बताएका छन् । कार्यक्रममा वागमती प्रदेशका सांसद एवं नुवाकाटे कांग्रेसका सभापति रमेशकुमार मत, वागमती प्रदेशका पूर्व सदस्य हिरानाथ खतिवडा, वरिष्ठ साहित्यकारद्वय वियोगी बुढाथोकी र ईञ्जिनीयर विष्णुबहादुर सिंह, उपसभापति राजु थापा, महासमिति सदस्य गीता अमात्य, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष होमनाथ नेपाल, रणभूमेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद रिमाल, नुवाकोट क्याम्पसका पूर्वप्रमुख सुकमान डंगोल र संस्थाका सदस्य राजकुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *