काठमाडौं । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टि.भि. च्यानल, न्युयोर्कको प्रस्तुति ‘हेल्लो अमेरिका’ का निर्देशक किशोर सुब्बाले आफ्नो कार्यक्रममा समाजका बिभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्न सफल ब्यक्तित्वहरुलाई प्राथमिकताका साथ स्थानदिनुका साथै नेपाली कला, गीत–संगीत एवं चलचित्र सम्बन्धि गतिबिधिलाई समेट्दै विशेष ब्यक्तिहरुसँगको कुराकानी प्रस्तुत गर्दै आइरहेका छन् । अमेरिका बसाईमा नेपाली गीतको भिडियो निर्माण, निर्देशन र लघु चलचित्र निर्माण, प्रदर्शन गर्दै आएका सुब्बा दशैंको छेको पारेर २०२४ अक्टोवर १ तारिकका दिन नेपाल आएका थिए । निर्देशक किशोर सुब्बा झण्डै ४ महिनाको नेपाल बसाई पश्चात् २५ जनवरी २०२४ मा कर्मथलो अमेरिका फर्केका छन् । यस पटकको नेपाल वसाईमा थाँतिरहेका आफ्ना चलचित्र, म्युजिक भिडियो र केही लघु चलचित्रको काम फत्ते गरेर अमेरिका फर्कने सपना पनि अन्य घरायसी कामहरु मिलाउँदा मिलाउदै अधुरै रहेको निर्देशक सुब्बाले बताए । निर्देशक सुब्बले यो पटक आफ्नी आमा कृतिमाया लिम्बुलाई पनि आफुसंगै अमेरिका लगेका छन् । आमा कृतिमायाँलाई हेल्लो अमेरिका टिम र आफन्तजनले अमेरिकामा भब्यरुपमा स्वागत गर्नुका साथै विशेष सम्मान गरेका छन् । दर्जन बढी साना, ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका सुब्बाको ‘काशजिन्दगी’नामक पुस्तक प्रकाशनमा आएको छ । उनि भन्छन् ः ‘तितेमाछा’ नामक डकुमेन्ट्री र केहीम्युजिक भिडियो त गरिहालौं भन्ने थियो त्यो पनि समयाभावका कारण गर्न सकिएन । यो पटक जे जस्तो भएपनि थाँती रहेका कामहरु बिस्तार ैमिलाउदै लानेछु ।’
Facebook Comments Box