चाँगाथलीमा सबैको मन जित्दै वडाध्यक्षका स्वतन्त्र उम्मेदवार बिनयजंग बस्नेत

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

ललितपुर । स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका बिनयजंग बस्नेतले घरदैलो कार्यक्रमलाई तिब्र बनाइ रहेका छन् । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वार्ड नं ७ चाँगाथली बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेका बस्नेतले यतिबेला स्थानीय जनताको सद्भाव र सहानुभुती समेत पाइरहेका छन् । जनतको मन जित्दै अघिबढेका बस्नेत आफ्नो पक्षमा मतदान गर्न जनताको घरघरमा पुगेर भेटघाट गर्दै अनुरोध गरिरहेका छन् । बेवारिसे शवको व्यवस्थापन देखि वेवारिसे नागरिक, असहाय र अभावग्रस्त मानिसहरुको निस्वार्थ सेवाका कारण लोकप्रिय र सवैको प्यारो बनेका बिनयजंग वस्नेतको वडाअध्यक्ष बनेर जनताको सेवा गर्ने घोषणाले स्थानीय वडा बासी निकै उत्साहित बनेको पाइएको छ ।

‘अब गाउँ अनि देश परिवर्तन विकास र निकासका लागि नयाँ रोजौं, नयाँ खोजौ’ भन्ने परिस्थिति सुहाउँदो नारा उनले दिएका छन् । बस्नेतले अब राजनैतिक परिवर्तन ल्याउने उचित समय आएको छ, परिवर्तन सम्भब छ । बहुदल आएदेखि सधैं उही दल, उही पार्टी र एउटै प्रतिनिधि मात्र आइरहेकोले परिवर्तनका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर नयाँ सन्देश दिन खोजेको उनको घारणा छ ।

याँ सोच र निस्वार्थ अभियानबाट मात्र परिवर्तन ल्याउन सकिने धारणा राखेका विनयसँग स्थानीय क्षेत्रको सामाजिक, आर्थिक, भौगोलिक समस्याहरुको गहिरो अध्ययन पनि छन् । गाउँ समाजमा भोग्नु परेका सडक, खानेपानी, स्वास्थ्य शिक्षा र सुरक्षाका समस्याहरुका बारेमा विभिन्न समयमा खरो र सशक्त आवाज समेत उठाउने गरेका थिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *