काठमाडौं । शिक्षामन्त्री अशोक कुमार राईले शिक्षा ऐन निकट भविष्यमै आउने बताउनु भएको छ । काठमाडौंको चन्द्रागिरि स्थित काठमाडौं शिक्षा बहुमूखी क्याम्पसको ३२ औं वार्षिकोत्सवको अवसरमा मन्त्री राईले सो बिचार व्यक्त गर्नुभएको हो । शिक्षा ऐन पाइपलाइनमा रहेको बताउदै राष्ट्रिय जनशक्ति निमार्ण गर्नमा सरकार लागि परेको बताउनु भयो । शिक्षा क्षेत्रमा लगानी रहेको तर प्रतिफल नआएको औल्याउदै त्यसको समाधान गर्नमा अग्रसर हुनुपर्नेमा मन्त्री राईको जोड थियो । विद्यार्थीले सदाचार शिक्षा सिक्न जरुरी रहेको, अन्धारवाद मुक्त दिलाउने पक्षनै शिक्षा रहेको भन्दै सदाचार शिक्षा, उत्पादानमुलुक शिक्षा मुलुकमा जरुरी रहेको र सोही आवश्यक्ता अनुसार शिक्षालय अघी बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा संघिय सांसद सुशिला श्रेष्ठ, प्रदेश सांसद रमा आले, डिल्लीराम सुबेदी, प्रा.डा. प्रेम नारायण अर्याल, क्याम्पस प्रमुख शत्रुधन प्रसाद गुप्ता, च.न.पा वडा नं. १० अध्यक्ष शिवकुमार महर्जन, च.न.पा. १५ वडा नं. अध्यक्ष घनश्याम लुईटेल, नेपाल पब्लिक क्याम्पस संघका निवर्तमान अध्यक्ष शिवराज सञ्जेल, संचालक समिति सदस्यहरु हरि विनोद अधिकारी, कान्ता भट्टराई, देवेन्द्र प्रधान, मुकुन्द घिमिरे लगायतले अतिथिको आशन ग्रहन गर्नुभएको थियो भने क्याम्पसका पूर्व विद्यार्थी, शुभ चिन्तक समाजसेवी लगायतलाई ३२ औं वार्षिकोत्सवको शुभ अवसरमा विशेष सम्मान गरिएको थियो । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराइको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम समेत गरेका थिए ।