स्टार बचतको बाह्रौं साधारण सभा सम्पन्न

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । स्टार बचत तथा ऋण सहकारी संस्था लि. ले हालै बाह्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मानभवन ललितपुरमा सम्पन्न सो साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष दिनेश राईद्वारा प्रस्तुत संस्थाको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ लेखा परिक्षण तथा सुपरिवेक्षण समितिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक समितिले आ.व. २०७८/०७९ मा गरेको निर्णय अनुमोदन सम्बन्ध, आ.व. २०७८/०७९ को लेखा पारिक्षकले तयार गरेको लेखा परिक्षण सम्बन्ध, चालु आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, संस्थाका अध्यक्ष दिनेश राईद्वारा चालु आ.व. २०७९/०८० को लागि तयार गरिएको भावी रणनीति तथा कार्यक्रम एवं बजेट सम्बन्ध, संस्था एकीकरण सम्बन्ध, संस्थाको सम्पत्ती बिक्री गर्ने सम्बन्ध, विनियम संशोधन सम्बन्ध, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनीधि चयन लगायत विषय उपर छलफल गरि आगामी आ.व. को लागि पारित गरेको छ ।

साधारण सभामा प्रस्तुत गरिएको वासलात हिसाब अनुसार चालु आ.व. मा संस्थाको चुक्ता पूँजी ४० करोड ४० लाख २२ हजार ७ सय रुपैयाँ, निक्षेप संकलन २ अर्ब ९४ करोड ५६ लाख ९४ हजार ५ सय ७४ रुपैयाँ, कर्जा लगानी २३ करोड ३३ लाख १९ हजार ७ सय ९० रुपैयाँ, कर्मचारी खर्च र अन्य संचालन खर्च २२ करोड १७ लाख ४६ हजार २ सय ८६ रुपैयाँ, संचालन मुनाफा ५४ लाख ६७ हजार ७ सय ७१ रुपैयाँ को भएको छ भने चालु आ.व.मा संस्थाको जम्मा सम्पत्ति ३ अर्ब ६१ करोड २७ लाख १७ हजार २ सय ४७ रुपैयाँको भएको छ । साथै साधारण सभामा कारोबारकर्ताहरुले उठाएको प्रश्नहरुको सहज ढंगबाट अध्यक्ष राईले जवाफ दिनुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *