सेनाको विरोध गर्नेलाई कारवाही हुनुपर्छ : बस्नेत

प्रदेश ३
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा युवा नेता रामकुमार वस्नेतले नेपाली सेनाको बारेमा विभिन्न विवादास्पद धारणा सार्वजनिक भएकोमा हामी जस्ता राष्ट्रवादी, देश भक्तहरुलाई गहिरो दुःख लागेको बताएका छन् । उनले भने ‘नेपाली सेना इतिहासदेखि नै हाम्रो गौरव हो, यसलाई सधैं र विवादरहित रूपमा राख्नु पर्छ । तर एउटा पार्टीका जिम्मेवार व्यक्तिबाट नेपाली सेनालाई विघटन गर्नु पर्दछ भन्नु यो सरासर आपत्तिजनक छ ।’ उनले यस विषयमा थप स्पष्ट पार्दै भने ‘आम नेपाली जनताहरु यस्ता समाचारले चिन्तित् बनेका छन् । नेपाली सेना भनेको हाम्रो एउटा शिर हो, हाम्रो गौरव हो। हामी सबै मिलेर यसको गौरव सदाकाल कायम राख्न नेपाली सेनालाई सघाउन प्रतिवद्ध छौं । यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने जो कोही भएपनि उसको पद खारेज गरिनु पर्दछ । कहिले राजसंस्था माथि कहिले धर्म माथि, कहिले न्यालयमाथि हुँदै अहिले आएर नेपाल र नेपालीको भरोसाको केन्द्रको रुपमा रहेको सेनामाथि प्रहार गर्न खोजिदैछ।’ वस्नेतले भने ‘यसले के देखाउछ भने अब हामी यस्ता विषयमा बेलैमा सजग र जागरुक हुनु पर्ने बेला आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *