भरतपुरमा नेतृत्व विकास प्रशिक्षणसहित भ्रमण, २० जिल्लाका विद्यार्थी सहभागी

प्रदेश ३ समाचार
खवर पाटी (खोज खबरको अभियान)

भरतपुर । फेमिलि पिस एशोसिएशन चितवनद्वारा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पाँच दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न बीस जिल्लाबाट आएका एसइइ परिक्षा दिएर बसेका विद्यार्थीहरु सहभागी थिए । घुमौ भरतपुर २०८१ लाई समेत प्रवद्र्धन गर्ने उद्देश्यसहित विद्यार्थीहरुमा नेतृत्व विकास, नैतिक शिक्षा, आध्यात्मिक दर्शन, योग लगायतका विषयमा प्रशिक्षण गरिएको कार्यक्रमका प्रमुख प्रशिक्षक एवं फेमिलि पिस एशोसिएशनका राष्ट्रिय उपाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गत जेठ ३१ गते प्रमुख अतिथि एवं कृषि तथा बन बिज्ञान विश्वविद्यालयका डिन प्रा.डा होम बहादुर बस्नेतले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रमको अवधिमा विद्यार्थीहरुलाई चितवन जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र सौराहा, नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय नारायणी नमुना माध्यामिक विद्यालय लगायतका विभिन्न स्थानहरुको भ्रमण समेत गराइएको थियो । कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्दै प्रमुख प्रशिक्षक भट्टराईले विद्यार्थीहरुको सामाजिक दायित्व र जिम्मेवारी वहन गर्ने, असल नागरिक बन्न कर्तव्य बोध गराउन नैतिकता र पवित्रतामा आधारित नेतृत्व विकास प्रशिक्षणको मुख्य लक्ष्य रहेको बताउनु भयो ।

यसैगरी सियारी गाउँपालिकाका उपाध्यक्ष तारा चौधरीले एसइइ दिएर बसेका भाईबहिनीलाई प्रशिक्षण र भ्रमणले धेरै कुरा सिक्ने अवसर मिलेको बताउनु भयो । यस्तै योग प्रशिक्षक विश्वरत्न घिमिरेले योग तथा पूर्वीय दर्शनका बारेमा प्रशिक्षण दिनुभएको थियो । यस्तै अबिनाश अर्याल र स्वयेच्छा भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रम फेमिलि पिस एशोसिएशन चितवन जिल्ला संयोजक अनिता काफ्ले घिमिरे एव माधव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *