बालेनको विरुद्धमा कवाड संकलक, सडकमा उत्रिएर मागे राजिनामा

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।आज पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् ।  मंगलबार काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । चर्का नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेन शाहको ज्यादतीविरुद्ध उत्रिएको बताउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *